back
NMB ad

अन्ततः भदौ २ गतेदेखि नै परीक्षा सञ्चालन गर्ने विश्वविद्यालयको निर्णय !

Kumari bank ad

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले भदौ २ गतेदेखि परीक्षा सञ्चालनको तयारी गरेको छ ।विश्वविद्यालयले कम विद्यार्थी रहेका संकायको परीक्षा गर्न थालेको हो।

कोरोना महामारीपछि पहिले नै निर्धारण भएका परीक्षा स्थगित भएका थिए । कोरोनाको संक्रमण कहिलेसम्म हुन्छ भन्ने अनिश्चित भएकाले शैक्षिक कार्यक्रमलाई निरन्तरता दिन परीक्षा गर्न लागिएको विश्वविद्यालयले जनाएको छ।

परीक्षार्थीलाई पूर्णत सुरक्षित रहने गरी परीक्षा हुने विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले बताए। ‘हाम्रा सबै विद्यार्थी होम क्वारेन्टाइनमा रहेर परीक्षाको तयारी गरिरहेका छन्, पायक पर्ने स्थानमा केन्द्र तोकेर परीक्षा गर्दैछौं’, उनले भने। उनले विद्यार्थीलाई भीडभाडमा नगइ घरमै परीक्षाको तयारी गर्नसमेत आग्रह गरे।

स्नातक तहमा बिबिटिटिएम र बिए एलएलबीको परीक्षा हुन लागेको हो। काठमाण्डौंमा रहेका विद्यार्थीलाई सोही स्थानमा र लुम्बिनी क्षेत्रमा रहेका विद्यार्थीलाई लुम्बिनी स्थित केन्द्रीय क्याम्पसमा केन्द्र तोकिएको छ। परीक्षाका लागि विश्वविद्यालयले पूर्ण तयारी गरेको छ। परीक्षार्थीलाई दुई(दुई मिटर टाढा बस्ने व्यवस्थापन मिलाउने, परीक्षा सकिएपछि कोठालाई ‘डिसइन्फेक्सन’बनाउने व्यवस्था गरिएको छ।

परीक्षार्थीलाई हरेक दिन मास्क, पञ्जा र स्यानिटाइजरको समेत व्यवस्थापन मिलाइएको छ। विद्यार्थीहरु परीक्षा केन्द्र भित्र वा बाहिर समूहगत रुपमा बस्न नपाइने निर्देशन समेत विश्वविद्यालयले गरेको छ। विश्वविद्यालयलका रजिष्टार आचार्यले परीक्षा लिन सकिने अवस्था रहेसम्म रोक्नु विद्यार्थीकै लागि नोक्सान हुने भएकाले भदौंबाट परीक्षा लिने निर्णय गरिएको बताए। ‘सुरक्षित रुपमा परीक्षा चलाउने काम सबैले गर्नुपर्छ भन्ने उदाहरणसमेत हामीले दिन खोजेका छौं’, उनले भने।

यसअघि त्रिभुवन विश्वविद्यालयले पनि केही विषयको परीक्षा चलाएको थियो। व्यक्तिगत दुरी कायम गरेर सिट प्लानिङ गरे संक्रमणको जोखिम नहुने बताइएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयले पठनपाठन भने‘भर्चुअल’रुपमा गराइरहेको छ। चैतमा हुनुपर्ने परीक्षा भदौमा गर्न थालिएको हो। सेमेष्टर प्रणालीका परीक्षा ६(६ महिनामा हुनुपर्छ। महामारीले विद्यार्थीको एक सेमेष्टर पछाडि धकेलिने अवस्था रहेको छ।

परीक्षा सञ्चालन गरे नयाँ सेमेष्टरको कक्षा सञ्चालन गर्न सकिने र विद्यार्थीहरुको शैक्षिक कार्यक्रम अवरुद्ध नहुने विश्वविद्यालयले जनाएको छ। पठन-पाठनमा विद्यार्थीलाई सघाउन र उनीहरुको भविष्यप्रति गम्भीर बन्न विश्वविद्यालयले अभिभावकलाई समेत आग्रह गरेको छ। अन्नपूर्ण पोष्टबाट

वि.सं.२०७७ साउन २५ आइतवार १३:०८ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...