back
NMB ad

यस्तो छ एनएमबि बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर, कुनमा कति ?

Kumari bank ad

काठमाडौं । आजैदेखि लागू हुनगरि एनएमबि बैंकले कर्जा र निक्षेपमा नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले हाल ३७ प्रकारका साधारण बचत खाता सञ्चालन गरेको छ ।

जसमा न्यूनतम १ प्रतिशतदेखि अधिकतम ८.२५ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ । साथै, बैंकले व्यक्तिगत मुद्दतिमा ५.५० प्रतिशतदेखि ७.७५ प्रतिशतसम्म र संस्थागत मुद्दतिमा ७ प्रतिशत देखि ७.१० प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

यसैगरी हाल बैंकको बेसरेट ८.९५ प्रतिशत र स्प्रेडरेड ४.०५ प्रतिशत छ । हाल बैंकले ५६ प्रकारका कर्जा प्रडक्टहरु सञ्चालन गरिरहेको छ । जसमा न्यूनतम १०.९५ प्रतिशतदेखि १३.९६ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

बैंकले कर्जामा नयाँ ब्याजदर सार्वजनिक गरी फिक्स लोन स्किम ल्याएको छ । जसमा बैंकले ५ वर्षे घर कर्जामा ११ प्रतिशत र २ वर्षे घर कर्जामा ८.९९ प्रतिशत ब्याज लिने जनाएको छ ।

साथै, बैंकले घरको छानामा राखिने सोलार खरिदको लागि पनि स्किममा कर्जा दिने भएको छ । न्यूनतम १० वर्षका सोलार कर्जामा ९.९९ प्रतिशतदेखि ११.९९ प्रतिशत ब्याज लिने बताएको छ ।

वि.सं.२०७७ साउन २६ सोमवार १३:०५ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...