back
NMB ad

भोलिदेखि फेरि लकडाउन : सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था बन्द गर्ने निर्णय !

Kumari bank ad

कपिलवस्तु । समुदायमा संक्रमण बढ्दै गएपछि कपिलवस्तुमा मंगलबारदेखि साउन ३२ गतेसम्म लकडाउन गरिएको छ । जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले साउन २७ गते बिहान ५ बजेदेखि ३२ गते राति १२ बजेसम्म जिल्लाभरि लकडाउन गर्ने निर्णय गरेको हो ।

समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि लकडाउन गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । सर्वसाधारणलाई आवतजावत गर्न नदिने गरि लकडाउनसँगै व्यापार व्यवसाय, जिल्लाभरिको बजार पसल बन्द गरिएको हो ।

तरकारी र खाद्यान्‍न पसल भने बिहान ८ देखि १० बजेसम्म सञ्चालन गर्न दिइएको छ । निजी सार्वजनिक यातायात बन्द हुनेछन् । होटल, रेष्टुरेन्ट र चिया पसल पनि बन्द गरिएको छ । सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था पनि बन्द गरिएको छ ।

समुदायमै भाइरस संक्रमण भएकाले सबै मिलेर सचेतना र सतर्कता अपनाएर नियन्त्रणमा लिनुको विकल्प नरहेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।

१० दिनयता कपिलवस्तुमा ५५ जना बढिमा कोरोना भाइरस संक्रमण देखिएको छ । भाइरस संक्रमितको संख्या जिल्लामा ८ सय ५७ पुगेको छ । कान्तिपुरबाट

वि.सं.२०७७ साउन २६ सोमवार १७:०२ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...