back
NMB ad

सरकारी निर्णय कार्यान्वयनमा कडाइ, गृह मन्त्रालयले दियो सबै जिल्ला प्रशासनलाई कडा निर्देशन

Kumari bank ad

काठमाडौं । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारी निर्णय कार्यान्वयनमा कडाइ गरिएको छ ।

सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषदबाट विभिन्न मितिमा भएको निर्णयलाई प्रभावकारी कार्यान्वयनका लागि गृह मन्त्रालयले मातहत सुरक्षा निकाय तथा सबै जिल्ला प्रशासन कार्यालयलाई जरुरी सूचना जारी गर्दै निर्देशन दिएको छ ।

पछिल्लो समयमा कोभिड–१९ को सङ्क्रमण र मृत्युदर पनि बढ्दो क्रममा छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मानिसले लापरवाही गरिरहेकाले समस्या थपिँदै गएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी जनस्वास्थ्य मापदण्ड र गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्ड तथा निर्देशन अनुरूप सबै सुरक्षा निकाय तथा जिल्ला प्रशासन कार्यालयबाट समन्वयात्मक रूपमा कार्यान्वयन भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकाभित्र र २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा चल्ने सवारी साधन सञ्चालनमा जोरबिजोर प्रणालीको पालना गर्ने गराउने, आवागमनको लागि तोकिएका सवारी साधन मात्र चल्ने व्यवस्था मिलाउने, भौतिक दूरीको पालना गर्न गराउने, अनिवार्यरुपमा मास्कको प्रयोग गर्ने, गराउने लगायत निर्देशनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न मातहतका निकायलाई बिहीबार मन्त्रालयले जरुरी सूचनामार्फत निर्देशन जारी गरेको छ ।

काठमाडौँ उपत्यकाभित्र काठमाडौं जिल्लामा पाँच, ललितपुर र भक्तपुर जिल्लामा चार÷चार वटा अनुगमन टोली परिचालन गरी अनुगमन तथा कारवाहीलाई तीव्र बनाइएको छ । यसै प्रकारको अनुगमन टोली परिचालन गरी साप्ताहिक कार्य प्रगति पठाउन अन्य जिल्लालाई समेत निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म मास्क प्रयोग नगरी हिँड्ने चार लाख १९ हजार बढीलाई नियन्त्रणमा लिई कारवाही गरिएको छ । अनुमति बिना काठमाडौँ उपत्यका प्रवेश गर्न खोज्ने सात हजार ६३५ वटा सवारी साधन तथा अनुमति बिना उपत्यका प्रवेश गर्न खोज्ने १९ हजार ४८३ यात्रुलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको छ ।

कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्ने कार्यमा नागरिकबाट भइरहेको सकारात्मक सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सबैबाट थप सकारात्मक सहयोगको लागिसमेत मन्त्रालयले अनुरोध गरेको छ ।

वि.सं.२०७७ साउन ३० शुक्रवार ११:३५ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...