back
NMB ad

३४ प्रतिशतले बढ्यो सेञ्चुरी बैंकको नाफा, यस्तो छ वित्तिय विवरण

Kumari bank ad

काठमाडौ । सेञ्चुरी बैंकको गत आवको चौथो त्रैमासमा नाफा ३३ दशमलव ९९ प्रतिशत वृद्धि भएको छ । शुक्रवार प्रकाशित वित्तीय विवरण अनुसार अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले रू. ६७ करोड ६४ लाख नाफा कमाएकोमा गत आवको सोही अवधिमा वृद्धि भएर रू. ९० करोड ६३ लाख पुगेको हो ।

गत आवको चौथो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चाल नाफामा वृद्धि भएपछि नाफा बढेको हो । सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १० प्रतिशत र सञ्चालन नाफा १९ दशमलव ७७ प्रतिशत वृद्धि भएको छ ।

अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले २ अर्ब ५९ करोड खुद ब्याज आम्दानी गरेकोमा गत आवको सोही अवधिमा बढेर रू. २ अर्ब ८६ करोड पुगेको हो । त्यसैगरी नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको हो ।

अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू.८ दशमव ०४ रहेकोमा गत आवको सोही अवधिमा वृद्धि भएर रू. १०.७७ पुगेको छ । गत आवको चौथो त्रैमासमा कम्पनीले वितरणयोग्य नाफा रू. ४० करोड छुट्याएको छ ।

सो अवधिमा कम्पनीले रू. ६५ अर्ब ३४ करोड निक्षेप संकलन गरेको छ भने रू. ५८ अर्ब ४ करोड कर्जा लगानी गरेको छ । चुक्तापूँजी रू.८ अर्ब ४१ करोड रहेको कम्पनीले जगेडा कोषमा रू. १ अर्ब ५३ करोड , शेयरधनी कोषमा रू. ६८ करोड २१ लाख र शेयर प्रिमियममा रू. ३ करोड ४३ लाख सञ्चित गरेको छ ।

अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत अवाको सोही अवधिमा भने निष्क्रिय कर्जा वृद्धि भएको छ । अघिल्लो आवको चौथो त्रैमासमा निस्क्रिय कर्जा १ दशमलव ४० प्रतिशत रहेकोमा गत आवको सोही अवधिमा वृद्धि भएर २.२१ प्रतिशत पुगेको छ ।

कम्पनीको मूल्य आम्दानी अनुपात १५ दशमलव ३२ गुणा, तरलता अनुपात २७.९६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १२६.७६ रहेको छ ।

वि.सं.२०७७ साउन ३० शुक्रवार १२:०१ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...