back
NMB ad

भीमफेदी-कुलेखानी सुरुङ मार्ग र पुष्पलाल चक्रपथ निर्माण प्रक्रिया शुरु

Kumari bank ad

हेटौंडा । बागमती प्रदेशको उपत्यकाको तीनसहित १० जिल्ला जोड्ने पुष्पलाल चक्रपथको निर्माण र विस्तार तथा पोष्टबहादुर बोगटी (भीमफेदी–कुलेखानी) सुरुङमार्ग निर्माणका लागि केही हप्ताभित्रै टेण्डर आह्वान गर्ने तयारी भइरहेको वाग्मती प्रदेश भौतिक तथा पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले चालु आर्थिक वर्षभित्रै पुष्पलाल चक्रपथ र भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि बजेट विनियोजन गरिसकेको जनाएको छ ।

मकवानपुर जिल्लाको सिमाना र बारा जिल्लाको सिमानामा पर्ने चुरियामाईमा वीरगञ्जबाट हेटौँडातर्फ राणाकालीन अवस्थामा यातायात सञ्चालनमा रहेको १०३ वर्षे पुरानो ३०० मिटर सुरुङलाई सञ्चालनमा ल्याउन पनि प्रदेश सरकारले यस वर्षका लागि बजेट विनियोजन गरिएको र विनियोजित बजेटअनुसार उक्त सुरुङमार्ग केही महिनाभित्रै सञ्चालनमा ल्याउने प्रयास भइरहेको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका अधिकृत हरिप्रसाद उप्रेतीले जानकारी दिए ।

भीमफेदी–कुलेखानी सुरुङमार्ग आगामी चार वर्षभित्र निर्माण सम्पन्न गर्ने उद्देश्यले आर्थिक मामिला तथा योजना मन्त्रालयले रु १९ अर्ब ३२ करोड ५० लाख बजेट विनियोजन गर्ने सहमति दिएको भए पनि प्रदेश सरकारले चालु आवमा रु एक अर्ब बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयका शाखा अधिकृत विपिन राईले बताएका छन् ।

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण प्रक्रियाको थालनी गर्न प्रदेश सरकारले सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा समन्वय र सहकार्य गरेर केही हप्ताभित्रै निर्माणका लागि टेण्डर आह्वान गर्न गृहकार्यका साथै सम्बन्धित मन्त्रालयको मन्त्री तथा सचिवसँग परामर्श भइरहेको वाग्मती प्रदेश भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका प्रवक्ता नवीन सिंहले जानकारी दिए ।

वि.सं.२०७७ साउन ३० शुक्रवार १३:३६ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...