back
NMB ad

आजैदेखि लागू हुनेगरि लकडाउन घोषणा

Kumari bank ad

काठमाडौं । समुदायमा कोरोना देखिएपछि दमकमा लकडाउन समुदायमा कोरोना संक्रमण देखिएपछि झापाको दमक नगरपालिकाले लकडाउन घोषणा गरेको छ ।

लकडाउन खुकुलो हुँदा कोरोना फैलिएको निष्कर्ष निकाल्दै दमक नगरपालिकाले एक साताका लागि लकडाउन गरिएको दमक नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको आकस्मिक बैठकले शनिबार रातिदेखि लागुहुन ५ भदौसम्म लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख रोमनाथ ओलीले जानकारी दिए ।

लकडाउनमा औषधी र दुग्ध डेरीबाहेक कुनै पनि पसल, उद्योग तथा संघ संस्थाहरू सञ्चालन नहुने ओलीले बताए । ‘डेरी पनि बिहान ६ बजेदेखि ८ बजेसम्म मात्र खुल्न पाउँछ’, उनले भने । यस्तै, नगरपालिकामा लकडाउनको अवधीमा एम्बुलेन्स, सुरक्षाकर्मी, पास भएका सवारी साधन र सञ्चार माध्यमका सवारी साधन मात्र चल्न पाउने छन् ।

मोटरसाइकल तथा सिटीसफारीमा बिरामी बोक्न नपाउने उपप्रमुख गीता अधिकारीले बताइन् । बोक्न परेमा वडाबाट सिफारिस लिनुपर्नेछ । यस्तै, पूर्वपश्चिम राजमार्गमा भने सवारी चल्न पाउनेछन् । तर, उनीहरूलाई दमकमा रोक्न नदिइने अधिकारीले बताइन् ।

यस्तै, दमकमा कोही आएमा अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्नेछ । दमक आउनैपर्ने भए पूर्वअनुमति लिनुपर्ने उपप्रमुख अधिकारीले बताइन् । दमकमा हालसम्म २१ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये १४ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् ।

वि.सं.२०७७ साउन ३१ शनिवार १६:४७ मा प्रकाशित

You can share this post!

क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति   

क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति   

वि.सं.२०८१ जेठ २ बुधवार १२:५५

बेइजिङ, २ जेठ : चीनले बुधबार समुद्री तटमा रहेका सबै...

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

वि.सं.२०८१ जेठ २ बुधवार ११:२४

वीरगञ्ज (पर्सा), २ जेठः मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत...

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ २ बुधवार ११:१५

काठमाडौँ, २ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत...

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ...

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:३५

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

वि.सं.२०८१ जेठ २ बुधवार १०:२६

काठमाडौँ, २ जेठः सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य...