back
NMB ad

भोलिदेखि अन्ततः कर्फ्यु नै लगाउने निर्णय !

Kumari bank ad

पोखरा । पोखरा महानगरपालिकाले सोमबार मध्यरातदेखि नै महानगरमा निषेधाज्ञा जारी गर्न भने पनि प्रदेशको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) बैठक पश्चात एकदिन पछि अर्थात मंगलबार मध्यरातदेखि कास्की जिल्लामा निषेधाज्ञा जारी हुने भएको छ ।

मंगलबार बिहान जिल्ला स्थित कोरोना न्यूनीकरण तथा र व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठक बस्‍ने र निषेधाज्ञासम्बन्धी निर्णय हुने जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए ।

यसअघि सोमबार बिहान महानगरपालिकामा राजनीतिक दलसहित बसेको कोरोना रोकथाम समितिको बैठकले सोमबार रातीदेखि नै लकडाउन गर्ने निर्णय गरि सो प्रस्ताव प्रदेशस्तरीय कोभिड व्यवस्थापन केन्द्रमा मेयर मानबहादुर जिसीले प्रस्ताव गरेका थिए ।

“हामीले सोमबार रातिदेखि नै महानगरमा निषेधाज्ञा जारी गर्ने प्रस्ताव लगेका थियौं, तर भोलि बिहान डीसीसीएमसी बैठक बस्‍ने र कास्की नै पाँच दिनको लागि निषेधाज्ञा जारी गर्ने भन्‍ने भएको छ । त्यसकारण मंगलबार रातीदेखि लकडाउन हुन्छ,” उनले भने ।

तर, प्रदेशस्तरीय समितिले महानगरको बारेमा ठोस निर्णय गरेन । उक्त निर्णय कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालयलाई जिम्मा दिइएको छ । भोलि बिहान बस्‍ने डीसीसीएमसीको बैठकले महानगरमात्रै नभई कास्की जिल्लामा नै ५ दिनसम्म निषेधाज्ञा जारी गर्ने निर्णय हुने सम्भावना रहेको पौडेलले जानकारी दिए । बाह्रखरीबाट

वि.सं.२०७७ भदौ १ सोमवार १९:३३ मा प्रकाशित

You can share this post!

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा दोहोरो अंकको वृद्धि, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकको वृद्धि, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ जेठ ७ सोमवार १५:०९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

नेप्सेमा १ करोड ८६ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ८६ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ जेठ ७ सोमवार १५:००

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

दुहवी र इटहरीका आगलागी पीडित १२ घरपरिवारलाई राहत वितरण

दुहवी र इटहरीका आगलागी पीडित १२ घरपरिवारलाई राहत वितरण

वि.सं.२०८१ जेठ ७ सोमवार १४:२३

सुनसरी, ७ जेठ । सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ९...

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसीसहित नौ जनाको मृत्यु भएको पुष्टि   

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसीसहित नौ जनाको मृत्यु भएको पुष्टि   

वि.सं.२०८१ जेठ ७ सोमवार १३:३४

तेहरान, इरान, ७ जेठ : इरानको उत्तरपश्चिमी क्षेत्रमा आइतबार दुर्घटना...

नाराबाजीबीच प्रधानमन्त्री दाहाललाई चौथो पटक विस्वासको मत प्राप्त

नाराबाजीबीच प्रधानमन्त्री दाहाललाई चौथो पटक विस्वासको मत प्राप्त

वि.सं.२०८१ जेठ ७ सोमवार १३:१४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत...