back
NMB ad

नतिजामा थुप्रै त्रुटि भएपछि रद्द : फेरि प्रकाशन गर्ने

Kumari bank ad

काठमाडौ । क्याम्ब्रीज विश्वविद्यालयले ए लेभलको नतिजामा सुधार गरेर फेरि प्रकाशन गर्ने भएको छ । पहिलोपटक प्रकाशन गरेको नतिजामा नेपालका क्याम्पसमा ए लेभल पढिरहेका विद्यार्थीले असन्तुष्टि जनाएपछि दोस्रोपटक नतिजा प्रकाशन गर्ने विश्वविद्यालयले जनाएको छ।

क्याम्पसहरुले ए लेभल पढाइको मान्यता दिएको बेलायतस्थित क्याम्ब्रिज विश्वविद्यालयले नतिजा प्रकाशन गर्दा अनियमितता गरेको गुनासो गर्दै विद्यार्थी आन्दोलित भएका थिए।

क्याम्ब्रिजले ए लेभको नतिजा गत साता सार्वजनिक गरेको थियो। कोरोना भाइरस (कोभिड(१९) संक्रमणका कारणले परीक्षा सञ्चालन गर्न नसकेपछि विश्वविद्यालयले विद्यार्थीको मूल्यांकन गरेर अंक पठाउन सम्बन्धित क्याम्पस र शिक्षकलाई अनुमति दिएको थियो।

सोही अनुमतिको आधारमा मूल्यांकन गरेर पठाएको अंकमा व्यापक हेरफेर गरेर विश्वविद्यालयले नतिजा प्रकाशन गरेको विद्यार्थीको आरोप छ। क्याम्ब्रिजले नतिजा प्रकाशन गर्दा ए ग्रेड ल्याउन सक्ने विद्यार्थीलाई डी दिएको छ। डी मात्रै ल्याउने क्षमता भएका विद्यार्थीलाई ए दिएको विद्यार्थीको गुनासो छ।

क्याम्ब्रीजले सार्वजनिक गरेको सूचनामा कलेजले पठाएको भन्दा माथिल्लो ग्रेड आएका विद्यार्थीको नतिजा यथावत रहनेछ। कलेजले पठाएको भन्दा तल्लो ग्रेड आएको विद्यार्थीको नतिजामा कलेजले पठाएकोलाई नै मान्यता दिइनेछ।

नतिजा सच्याउन माग गर्दै विद्यार्थीले ब्रिटीस काउन्सिल अगाडि धर्ना दिँदै आएका छन्। उनीहरुले चिठ्ठा सार्वजनिक गरे जसरी नतिजा दिन बन्द गर, शिक्षकलाई विश्वास गर भन्ने प्लेकार्ड बाकेर काउन्सिल अगाडि धर्ना दिएका थिए।

काउन्सिललाई पत्राचार गरेर नतिजा सच्याउन उनीहरुले लिखित अनुरोध समेत गरिसकेका छन्। नेपालमा ए लेभलको परीक्षा सञ्चालन, नतिजा प्रकाशनलगायत अन्य व्यवस्थापन काउन्सिलले गर्छ। मल्पि एकेडेमीमा ए लेभल पढिरहेका एक विद्यार्थीले भने, ’नतिजामा थुप्रै त्रुटि छन्। राम्रो नतिजा ल्याउने आशामा रहेका विद्यार्थीलाई निराश बनाएको छ। कतिपय विद्यार्थीले सोच्दै नसोचेको ग्रेड पाएका छन्।’

नतिजा प्रकाशन भएपछि स्नातक तहमा अध्ययन तयारी गरिरहेका थुप्रै विद्यार्थी नतिजा गडबड भएपछि अध्ययनबाट बञ्चित हुने अवस्था आएको उनीहरुको गुनासो छ। उनले भने, ’थुप्रै साथीहरु विश्वविद्यालयमा छात्रवृत्तिका लागि छनौटसमेत भइसकेका छन्। उनीहरु नतिजा मात्र कुरेर बसेका थिए। तर अकस्मात नतिजा नराम्रो आएपछि छात्रवृत्तिमा पढ्न पाउनु त कता हो कता, स्नातकमा भर्ना नै हुन नपाउने अवस्थामा पुगेका छन्।’

नतिजाबारे विद्यार्थीले लिखित रुपमै असन्तुष्टि पोखेका थिय। काउन्सिलले भने दुई चार दिन कुर्न भनेको थियो। ए लेभलको पढाइ सञ्चालन गरिरहेको जेभिएर इन्टरनेसनल कलेजका प्रमुख कार्यकारी अधिकृत लोक भण्डारीले विद्यार्थीलाई अन्याय हुने गरी नतिजा प्रकाशन भएको बताए।

वि.सं.२०७७ भदौ २ मंगलवार १३:४० मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...