back
NMB ad

‘मास्क लगाउनूस्’ भन्दा बैंकका गार्डमाथि निर्घात कुटपिट

Kumari bank ad

काठमाडौं । स्याङ्जाको चापाकोट नगरपालिकामा कृषि विकास बैंकका कर्मचारीमाथि कुटपिट भएको छ । बैठकका गार्डले मास्क लगाउन अनुरोध गर्दा बैंकका सुरक्षागार्डसहितका कर्मचारीलाई स्थानीय युवाले कुटपिट गरेका छन् ।

कुटपिटबाट बैंकका कर्मचारी डोलराज श्रेष्ठ र वेदप्रसाद श्रेष्ठ घाइते भएका छन् । चापकोट बासिन्दा तथा समाजसेवी डा. बुद्धिमान श्रेष्ठले मास्क लगाउन आग्रह गर्दा बैंकका कर्मचारीमाथि भएको कुटपिटको घटनाले नगरवासीमा असुरक्षित महशुस भएको बताउनुभएको छ ।

‘कृषि विकास बैंकमा कार्यरत कर्मचारीले कृपया मास्क लगाएर मात्र भित्र आउनु होला भन्दा निर्मम तरिकाले पिटिएको खबरले मर्माहत बनाएको छ’ उहाँले भन्नुभयो । ‘यो घटनाबाट सिंगो चापाकोट नगरवासीले आज असुरक्षित महसुस गरेका छन् । आफ्नै टोलका दाजुभाइलाई पिटेर हामीले कस्तो पुरुषार्थ देखाउदै छौं ?’

डा. श्रेष्ठले दोषीलाई कारबाही गर्न माग गर्नुभएको छ । ‘स्थानीय सरकार जनताको शान्ति सुरक्षामा खेलवाड नगरोस्’ उहाँले भन्नुभयो, ‘सम्बन्धित निकायले पीडितलाई न्याय दिलाई आमनागरिकमा शान्ति सुरक्षा एंव अमनचयनको प्रत्याभुति दिलाओस ।’

चापकोट नगरपालिकामा यसअघि पनि विभिन्न पटक कुटपिटका घटना हुँदै आएको छ । केही महिना अघि योजना सम्बन्धी काम शिलसिलामा नगरपालिका पुगेका वडाध्यक्षमाथि मेयर शिव गिरीले नै हातपात गरेको घटना समेत सार्वजनिक भएको थियो ।

डा. श्रेष्ठले नगरवासी र युवालाई बदनामित हुने कार्य नगर्न आग्रह समेत गर्नुभएको छ । ‘ आफ्नै नगरपालिकालाई किन बदनाम गराउदै छौं ?’ उहाँले भन्नुभयो, युवामा मेरो आग्रह छ कसैले गल्ती गर्यो भने पनि सम्झाउने हो आफू भन्दा जेठोलाई आदर गर्ने हाम्रो संस्कार हो । त्यसैले यस्ता गलत कार्य नगरौ । यस्तो कार्यले आफ्नो मात्र हैन आफ्नो ठाउँको समेत बेइजत हुन्छ ।’

वि.सं.२०७७ भदौ ३ बुधवार ०७:१९ मा प्रकाशित

You can share this post!

नीति तथा कार्यक्रम: ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गरिने   

नीति तथा कार्यक्रम: ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गरिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:१४

काठमाडौँं, १ जेठ : नेपाल सरकारले महिलालाई आर्थिक रूपमा सक्षम,...

नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ   

नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:५६

काठमाडौँ, १ जेठ : सरकारले आगामी आर्थिक बर्षभित्रमा विभिन्न स्रोत...

नीति तथा कार्यक्रमः ठूला अस्पतालमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने   

नीति तथा कार्यक्रमः ठूला अस्पतालमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:५२

काठमाडौँ, १ वैशाखः सरकारले पर्याप्त र जनशक्ति उपलब्ध भएका अस्पतालहरूमा...

पाठेघरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने   

पाठेघरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:४९

काठमाडौँ, १ जेठः सरकारले पाठेघरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने...

हेल्मेट डाँडालाई पर्यटकीय गन्तव्य बनाइँदै   

हेल्मेट डाँडालाई पर्यटकीय गन्तव्य बनाइँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:४३

वासुदेव पौडेल  गण्डकी, १ जेठ : पृथ्वी राजमार्ग अन्तरगत पोखरा...

नीति तथा कार्यक्रमः २०८२ सम्म सडक मानवमुक्त बनाइने   

नीति तथा कार्यक्रमः २०८२ सम्म सडक मानवमुक्त बनाइने   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:४०

काठमाडौँं, १ जेठः सरकारले २०८२ सालसम्म नेपाललाई सडक मानवमुक्त बनाउने...