back
NMB ad

वडाकार्यालय कि बलात्कारीको अखडा ?

Kumari bank ad

धादिङ । धादिङको ज्वालामुखि गाउँपालिका २ का वडाध्यक्ष रणबहादुर शाहीले वडा कार्यालयलाई पार्टीको अखडा बनाएका छन् । नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित शाहीले वडा २ को वडा कार्यालय सातबाटोको भवनमा पार्टी सदस्यता वितरण गर्दै गरेको तस्विर नै सार्वजनिक भएको छ ।

वडा कार्यालय भवनमा बलात्कार मुद्दामा जेल सजाय समेत भोगेका उनकै पार्टीका नेता लाल बाहादुर कार्कीको रोहबरमा पार्टी प्रवेश गराउने देखि विभिन्न योजनामा ब्रम्हलुट मच्चाउँदै आएका छन् । शाहीले केही दिनअघि ज्वालामुखि २ कै एक बृद्धलाई पार्टी सदस्यता वितरण गरिरहेको तस्विर देख्न सकिन्छ ।

ती बृद्धसँगै उभिएका हाफ कट्टु लगाएका लाल बहादुर भने स्थानिय बालीकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत धादिङको फैसलाको आधारमा जेल सजाय भोगेका व्यक्ति हुन् ।

उनी जिल्ला कारागार धादिङमा ५ वर्ष सम्म कारागार जीवन विताएका थिए । बलात्कार अभियोगमा पक्राउ पर्दा उनी पूर्व माओवादीको सचिव थिए । माओवादी नेताहरुले जोगाउन प्रयास गर्दा पनि बलात्कार प्रमाणित नै भएपछि उनलाई ५ वर्ष जेल सजाय भएको थियो ।

जेलबाट निस्किएपछि कार्कीलाई नेपाली कांग्रेसले पार्टी प्रवेश गराएको थियो । प्रवेश गरेपछि उनलाई वडाले नै प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको संयोजक बनाएको थियो । बलात्कार जस्तो जघन्य अपराध प्रमाणित भएका व्यक्तिलाई वडाध्यक्ष शाहीले अधिकांश उपभोक्ता समितिमा अघि सार्ने गरेका छन् ।

आफ्नो घरभन्दा केही तल मात्रै रहेको एक युवतीलाई बलात्कार गरेको प्रमाणित भएपछि जेल सजाय भोगेर आएका कार्कीबाट गाउँका जनता समेत त्रसित हुन थालेका छन् ।

वडा नम्बर २ मा शाही र बलात्कार अभियोग प्रमाणीत कार्की बीचको मिलेमतोमा लाखौँको योजनामा अनियमितता भएको ज्वालामुखि २ का एक स्थानियको आरोप छ । (समाचार/तस्विर : कान्तिपथ डटकम)

वि.सं.२०७७ भदौ ३ बुधवार ०९:४७ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...