back
NMB ad

ग्लोबल आइएमई बैंकले सुरु गर्यो ‘कल सेन्टर’

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई बैंकले कल सेन्टरको सुरुवात गरेको छ । बैंकले बढ्दो डिजिटल प्रविधिको विकास र व्यस्त जीवन शैलीसँगै ग्राहकहरुको बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले सो सेवा सुरु गरेको हो ।

बैंकले सुरु गरेको एकद्वार प्रणाली अनुरुप ग्लोबल कनेक्ट नामक सो कल सेन्टरमार्फत् अहिलेको डिजिटल युगको आवश्यकता अनुसार बैंकका ग्राहकहरुको मागलाई सम्बोधन गर्ने बैंकले जनाएको छ ।

ग्लोबल कनेक्टमार्फत ग्राहकहरुले सुरुवाती चरणमा बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म फोन गरी आफ्ना विभिन्न जिज्ञाशाहरुको समाधान, गुनासो, सूचना, तथा सुझावका लागी सम्पर्क गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

जसका लागि ग्राहकहरुले ९७७–१–५९७०६०० मा फोन गरी ग्लोबल कनेक्टमार्फत बैंकको विभिन्न सेवासम्बन्धी जानकारी हासिल गर्न सक्नेछन् । ग्लोबल कनेक्टको सुरुवातले आफ्ना सेवाग्राहीहरुलाई थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको शाखा सञ्जाल सहित २३४ एटिएम, ४१ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २१८ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधिरसम्र्पक कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

वि.सं.२०७७ भदौ ३ बुधवार ०७:३७ मा प्रकाशित

You can share this post!

सेयर बजारमा हरियाली, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा हरियाली, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ जेठ १ मंगलवार १५:१३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

छ कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

छ कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ १ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिव नियुक्त

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिव नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १४:५४

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिवमा बरिष्मा साउद आचार्य...

गिरीबन्धुका चिया मजदूरले पाएनन् पारिश्रमिक   

गिरीबन्धुका चिया मजदूरले पाएनन् पारिश्रमिक   

वि.सं.२०८१ जेठ १ मंगलवार १४:३८

झापा, १ जेठः विर्तामोडस्थित गिरीबन्धु टी–स्टेटका मजदूरहरुले तीन महिनादेखि पारिश्रमिक...

चालु आर्थिक वर्षको दश महिनामा ६० प्रतिशत बजेट खर्च   

चालु आर्थिक वर्षको दश महिनामा ६० प्रतिशत बजेट खर्च   

वि.सं.२०८१ जेठ १ मंगलवार १४:०५

काठमाडौँ, १ जेठः चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट...

धितोपत्र व्यवसायीको कमिसन घट्यो, आजबाट लागू हुने   

धितोपत्र व्यवसायीको कमिसन घट्यो, आजबाट लागू हुने   

वि.सं.२०८१ जेठ १ मंगलवार १३:५९

काठमाडौँ, १ जेठः नेपाल धितोपत्र बोर्डले आजबाट लागू हुनेगरी धितोपत्र...