back
NMB ad

निषेधाज्ञा जारी गरेपछि फेरि यस्तो भन्छ काठमाडौं प्रशासन !

Kumari bank ad

काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले लकडाउनभन्दा निषेधाज्ञाका बेला कडाइ हुने बताएका छन् ।अत्यावश्यक बाहेकका कुनै पनि कार्य गर्न नपाइने भन्दै दाहालले भने, “अब आममानिस घरभित्र बस्ने, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अत्यावश्यक काम गर्नेहरू मात्र बाहिर देखिन्छन्।”

लकडाउनको समयमा बिना काम बाहिर हिँड्नेलाई सम्झाइबुझाइ त्यत्तिकै छाडिएको भन्दै निषेधाज्ञाको समयमा भने कानूनअनुसार कारबाही गरिने उनको भनाइ छ ।

“अब सम्झाउने वा एक घण्टा उभ्याएर राख्ने काम हुँदैन्। सीधै कानूनअनुसार कारबाही हुन्छ,” प्रजिअ दाहालले भने, “त्यही भएर घरभित्रै बस्नुहोला। बाहिर आएर कोरोनाको जोखिम बढाउनुभन्दा एक साता भित्रै बसेर कोरोनाबाट बच्नुहोला।”

आज राति १२ बजेदेखि काठमाडौंं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा लागू हुँदैछ । कोरोना महामारी नियन्त्रणका लागि भन्दै एक साताका लागि निषेधाज्ञा जारी गरिएको हो ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू, सुरक्षा निकाय तथा सरोकारवाला निकायबीच मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको थियो।

वि.सं.२०७७ भदौ ३ बुधवार १४:५० मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...