back
NMB ad

टीभीएसले ल्यायो नयाँ स्टायलिस्ट मोटरसाइकल

Kumari bank ad

काठमाडौँ । टिभिएस मोटर कम्पनीको नयाँ स्टायलिस्ट अपाचे आर टि आर २०० ४ भि को नयाँ २०२० मोटरसाइकल बजारमा ल्याएको छ ।

पोखराबाट नयाँ स्टाइल, सुविधा र रेसिङ्ग क्षमता भएको मोटरसाइकल पोखराको आधिकारिक बिक्रेता बतास व्रदर्शले सार्वजनिक गरेको हो । टिभिएस मोटर कम्पनी, विश्वव्यापी रुपमा टू–ह्वीलर तथा थ्री–ह्वीलरको उत्पादन हो ।

टिभीएस मोटर कम्पनीले उत्पादन गरेका सामाग्रीको नेपालमा आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले गरेको छ । टिभिएस अपाचे आरटिआर २०० ४भिको नयाँ मोडल आधुनिक स्मार्ट कनेक्ट सुविधायुक्त रहेको कम्पनीको दाबी छ।

मोटरसाइकलमा ब्लुतुथ कनेक्ट प्रणाली मार्फत रेस टेलिमेट्री, टर्न बाई टर्न नेभिगेसन, लीन एङ्गल मोड साथै कल र एसएमएस अर्लट जस्ता आधुनिक सेवा जडान गरिएको छ।

त्यसमा एबिएस विथ आईएलपि ( रियर व्हील लिफ्टअफ प्रोटेक्सन) ,फेदर टच स्टार्ट,रेडिएल टायर , एलइडि हेडलाइट, नयाँ रेसिङ ग्राफिक्स र आधुनिक स्लिपर क्लच जस्ता सुविधा रहेकाले यो बाइक स्मार्ट र अनबिटेबल मोटर साइकलको रुपमा रहेको छ।

अपाचे आरटिआर २०० ४ भिको नयाँ २०२० संस्करणमा १९७।७५ सिसि एकल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ, ओएल कुल्ड इन्जिन मोटर रहेको छ । जसले ८५०० आरपएिममा २०।५ पिएस र ७००० आरपिएममा १८।१ एनएम पावर उत्पादन गर्दछ । यो मोटरसाइकल साइनिङ कालो र पर्ल सेतो रङ्गमा नेपालमा उपलब्ध हुने छ।

वि.सं.२०७७ भदौ ३ बुधवार १७:५६ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...