back
NMB ad

एनआईसी एशिया बैंकद्वारा‘डिजिटल ग्राहक सहायता केन्द्र’ को व्यवस्था

Kumari bank ad

काठमाण्डौ । एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गलाई प्राथमिकतामा राख्दै अत्यावश्यक बैंकिङ्ग सेवा प्रदान गर्न सीमित शाखाहरू सञ्चालनमा ल्याएको जनाएको छ ।

असहज अवस्थाका बीच ग्राहकहरूको सुविधाका लागि आईतवार देखि बिहीवार बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म तथा शुक्रवार बिहान १० बजे देखि दिउँसो १ बजेसम्म सीमित शाखाहरूमार्फत अत्यावश्यक बैंकिङ्ग सेवा दिईने बैंकले जानकारी दिएको छ ।

उक्त सेवा दिने शाखाहरूको जानकारी दैनिक रुपमा यस बैंकको वेबसाइट www.nicasiabank.com तथा सामाजिक सञ्जालमार्फत गराइने व्यहोरा बैंकले जानकारी प्रदान गरेको छ ।

यस परिस्थितिका बीच बैंकले आफ्ना सेवा सम्बन्धी जानकारी दिन, गुनासो सुन्न एवं ग्राहक महानुभावहरूको बैंकिङ्ग आवश्यकतालाई हरसम्भव सम्बोधन गर्नका निम्ति केन्द्र एवं प्रदेशस्तरमा ‘डिजिटल ग्राहक सहायता केन्द्र’ को व्यवस्था गरेको बैंकको भनाइ छ ।

ग्राहकहरूलाई विशिष्टीकृत सेवा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१,एचइएएलपी टाइप गरी ३४४८८ मा एसएमएस, फेसबुक च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८५११०४१६९ मा सिधा सम्पर्क गर्न समेत बैंकले आग्रह गरेको छ । यसका साथै ग्राहकहरूले विभिन्न खालका बैंकिङ्ग गतिविधिहरू गर्दा आइपर्न सक्ने समस्यालाई ध्यानमा राख्दै बैंकले निम्नलिखित ‘डिजिटल ग्राहक सहायता केन्द्र’ को व्यवस्था गरेको बताइएको छ ः

क्र.सं. कर्मचारीको नाम मोबाइल नं. क्षेत्र
१. गोविन्द खनाल ९८५११९५९११ मोबाइल(इन्टरनेट बैंकिङ्ग
२. बिमल लुईटेल ९८५११३६०६६ डोर्मेन्ट एक्टिभेसन
३. पुनम रेग्मी ९८४९६३५४३३ सामाजिक सुरक्षा भत्ता
४. शिव बस्नेत ९८४३१०५३९८ एटिएम कारोबार
५. रबिन दनुवार ९८६०१८१०४८
६. पाण्डव पराजुली ९८५११०६७६८ डिजिटल च्यानल सपोर्ट
७ .नारायणी श्रेष्ठ ९८४१२१९०५६
८. प्रकाश बराल ९८४१६७५४२३ एटीएम कार्ड
९. सौरभ प्रधान ९८५१२२१७२६ अनलाईन खाता(मुद्दती खाता
१०. रबिना मानन्धर ९८४९२१७११०
११. चाँदनी राज दली ९८५१२३५६३९ प्रतितपत्र र बैंक ग्यारेन्टी
१२. गोमा खतिवडा ९८४३०४५३४५ रेमिट्यान्स
१३. रक्षा शर्मा ९८४१४२७२८९

केन्द्रीय तहबाट मात्रै ग्राहकहरूको समस्या तथा गुनासाहरू समाधान नहुने वा समय धेरै लाग्न सक्ने भएकोले बैंकले केन्द्रीयको ‘डिजिटल ग्राहक सहायता केन्द्र’ लाई सोच बदलेर प्रादेशिक तथा उपप्रादेशिक तहमा समेत बैङ्कको सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत कर्मचारीसहितको ‘डिजिटल ग्राहक सहायता केन्द्र’ को व्यवस्था गरेको जनाएको छ । यस्ता प्रादेशिक एवं उपप्रादेशिक तहको ‘डिजिटल ग्राहक सहायता केन्द्र’ को विवरण बैंकले आफ्नो वेबसाइटमा अध्यावधिक गरेका बताएको छ ।

बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।

वि.सं.२०७७ भदौ ४ बिहीवार ०७:१७ मा प्रकाशित

You can share this post!

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५९

वागमती, ६ जेठः बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन...

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा.लि....

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ जेठ ६ आइतवार ११:४३

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनचाँदीको भाउमा नयाँ रेकर्ड...

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...