back
NMB ad

भदौभित्र बोलपत्र आह्वान गरिसक्न निर्देशन

Kumari bank ad

काठमाडौं । गतमा भएका ढिलासुस्ती अन्त्य गर्दै विकास निर्माण कार्य तीव्र बनाउन भदौभित्रै आयोजनाको बोलपत्र आह्वान गरिसक्न सडक विभागले मातहतका निकायलाई निर्देशन दिएको छ ।

एउटै आयोजनाको निर्माण वर्षौसम्म चल्ने तर सम्पन्न नहुने विगतको परम्परा तोड्दै निर्धारित समयमा नै काम सम्पन्न होस् भन्ने उद्देश्यसहित भदौ भित्रमा नै आयोजनाको निर्माणका लागि बोलपत्र आह्वान गर्न मातहतका कार्यालयलाई पत्राचार गरिएको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिए ।

सडक विभागबाट सञ्चालित सरकारको वार्षिक कार्यक्रममा परेका विकास आयोजनाको निर्माण कार्य अगाडि बढाउन त्यस्तो पत्राचार गरिएको उनले स्पष्ट पारे। उनले मातहतका सबै महाशाखा, शाखा, डिभिजन तथा आयोजना कार्यालयलाई वार्षिक कार्यक्रम अगाडि बढाउन भदौ मसान्तभित्र नै बोलपत्र आह्वान गरिसक्न पत्राचार गरिएको छ । भदौमा आह्वान गरिएका बोलपत्रको असोजसम्म मूल्याङ्कन तथा कात्तिकसम्म सम्झौता गरिनेछ भने ।

विगतमा आयोजनाको बोलपत्र आह्वान, मूल्याङ्कन र सम्झौतामा नै कामको मुख्य समय बित्ने गरेको बताउँदै उनले यो आर्थिक वर्षबाट भदौदेखि कात्तिकसम्म ठेक्कापट्टा सम्बन्धी सम्पूर्ण काम सम्पन्न भइसकेपछि मङ्सिरदेखि वर्षा याम सुरु हुनुभन्दा अघि नै काम सम्पन्न हुने बताए ।

विगतका वर्षमा काम हुने मुख्य समयमा नै बोलपत्र आह्वान, मूल्याङ्कन र सम्झौता सम्बन्धी काम गर्ने गरिएकाले वार्षिक लक्ष्य अनुसारको काम र खर्च हुन नसकेको महानिर्देशक शर्माको भनाइ छ । नयाँ आयोजनाका लागि बोलपत्र आह्वान गर्नुभन्दा चालू अवस्थामा रहेका आयोजना सम्पन्न गर्नु सडक विभागको प्राथमिकतामा रहेको महानिर्देशक शर्माले बताए । गोरखापत्र दैनिकमा खबर छ ।

वि.सं.२०७७ भदौ ५ शुक्रवार ०७:४३ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...