back
NMB ad

सीसीएमसीले फेरि गर्यो यस्तो निर्णय !

Kumari bank ad

काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका नेपालीको उद्धार उडान फेरि थाल्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विदेशमा अलपत्र नेपाली नागरिकको उद्धार उडान फेरि थाल्ने निर्णय गरेको हो ।

यसअघि कोरोना भाइरस संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सोमबार विदेशमा अलपत्र नेपालीको उद्धार रोक्न नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गर्दा अनुमति पाइसकेका चार्टर्ड उडानसमेत रद्ध गरिएका थिए ।

मन्त्रिपरिषद् बैठकले अब नियमित उडान भएका देशबाट नियमित उडानमार्फत र अन्य देशको हकमा चार्टर्ड उडानमार्फत उद्धार उडान गर्ने निर्णय गरेको हो । उद्धार उडान कहिलेबाट सुचालु गर्ने भन्ने निर्णय भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नेछ ।

दैनिक बढीमा १५ सय जनासम्म ल्याउने निर्णय सरकारले गरेको छ । स्वदेश फर्कन चाहनेले ७२ घण्टा ननाघेको पीसिआर रिपोर्ट बुझाउनुपर्ने छ भने काठमाडौँमा सात दिनसम्म आफै रकम तिरेर क्वारेन्टिनमा बस्नुपर्नेछ ।

सरकारले हालसम्म विभिन्न ३० देशबाट झण्डै ५२ हजार नेपालीलाई स्वदेश ल्याएको छ । नाम उद्धार उडान भने पनि पैसा भने आउने व्यक्ति आफैले तिरेका छन् ।

यसअघि पर्याप्त क्वारेन्टिन तथा आइसोलेसन व्यवस्था नभएको भन्दै उद्धार उडान स्थगित गर्न उपप्रधानमन्त्री इश्वर पोखरेल संयोजकत्वको सीसीएमसीले दिएको थियोे ।

भदौ १ देखि उडान गर्ने पहिले निर्णय भएबमोजिम एयरलाइन्सहरुले उडान तालिका बनाइसकेका थिए । तर बीचमा आएर सिसिएमसीले रोक्न निर्देशन दिएको थियो ।

चार्टर्ड उडानमा भाडा धेरै भएको तथा टिकेटिङमा कालोबजारीसमेत भएको गुनासो आएपछि केही ठाउँमा नियमित उडान गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको तयारी छ ।

वि.सं.२०७७ भदौ ५ शुक्रवार १५:३१ मा प्रकाशित

You can share this post!

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा दोहोरो अंकको वृद्धि, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकको वृद्धि, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ जेठ ७ सोमवार १५:०९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

नेप्सेमा १ करोड ८६ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ८६ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ जेठ ७ सोमवार १५:००

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

दुहवी र इटहरीका आगलागी पीडित १२ घरपरिवारलाई राहत वितरण

दुहवी र इटहरीका आगलागी पीडित १२ घरपरिवारलाई राहत वितरण

वि.सं.२०८१ जेठ ७ सोमवार १४:२३

सुनसरी, ७ जेठ । सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ९...

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसीसहित नौ जनाको मृत्यु भएको पुष्टि   

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसीसहित नौ जनाको मृत्यु भएको पुष्टि   

वि.सं.२०८१ जेठ ७ सोमवार १३:३४

तेहरान, इरान, ७ जेठ : इरानको उत्तरपश्चिमी क्षेत्रमा आइतबार दुर्घटना...