back
NMB ad

रेल सञ्चालनका भारतबाट कर्मचारी ल्याइँदै

Kumari bank ad

काठमाडौं । जयनगर–जनकपुर–कुर्था खण्डमा रेल सञ्चालनका लागि नेपाली कर्मचारी नपाएपछि भारतबाट ल्याइने भएको छ । रेलवे कम्पनीले गत फागुन ९ मा २६ जना प्राविधिक कर्मचारी माग गर्दै विज्ञापन खुलाएको थियो ।

तर, एक जना पनि नेपाली कर्मचारीबाट आवेदन नपरेपछि भारतबाटै कर्मचारी ल्याउने तयारी भएको हो । तर सबै कर्मचारी करारमा राखिनेछ ।नेपाल र भारतीय रेलवे बोर्डबीच कर्मचारी ल्याउन सहमति भएको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए ।

दुई देशका अधिकारीबीच भएको अनलाइन बैठकमा रेल चालक र प्राविधिक माग गरिएको हो । ‘नेपालमै विज्ञापन गरेर कर्मचारी माग गरियो । तर आवेदन नै परेन,’ उनले भने, ‘त्यसैले भारतबाटै कर्मचारी ल्याउन खोजिएको हो ।’ उनका अनुसार रेल आएसँगै कर्मचारी पनि आउनेछन् ।

‘भारतीय पक्ष पनि छिटो रेल चलाउनुपर्छ भन्नेमा छ, उनीहरूले सहयोग गर्न तयार छौं भनेका छन्,’ उनले भने, ‘परराष्ट्र मन्त्रालयसँग पनि कुरा भइसकेको छ ।’ यो काम रेलवे कम्पनीमार्फत हुनेछ ।

सञ्चालक समितिले पनि कर्मचारी भर्नाको अधिकार दिइसकेको छ । अब विज्ञापन गरेर थप कर्मचारी भर्ना गरिनेछ । भारतबाट सिनियर सेक्सनल इन्जिनियर १, स्टेसन मास्टर ८, चिफ पावर कन्ट्रोलर र चिफ लोको इन्स्पेक्टर १र१ जना ल्याइनेछ ।

त्यस्तै लोको पाइलट, सहलोको पाइलट, पिवे सुपरभाइजर, मेकानिक र प्वाइन्ट म्यान पनि ३र३ जना ल्याइनेछ । भदौ ३० गते दुवै रेल सेट ल्याउने तयारी भएको कान्तिपुर दैनिकमा विमल खतिवडाले खबर लेखेका छन् ।

वि.सं.२०७७ भदौ ६ शनिवार ०८:१० मा प्रकाशित

You can share this post!

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै   

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै   

वि.सं.२०८१ जेठ ९ बुधवार ०७:०१

म्याग्दी, ९ जेठ: मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र...

आज ९ जेठ २०८१ बुधवार, यस्तो छ आजको राशिफल

आज ९ जेठ २०८१ बुधवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ ९ बुधवार ०६:२०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:५७

म्याग्दी, ८ जेठ : नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा...

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०७

काठमाडौँ, ८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र...

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०१

मकवानपुर, ८ जेठ : बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश...

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...