back
NMB ad

नियमित उडानको तालिका बनाउँदै पर्यटन मन्त्रालय

Kumari bank ad

काठमाडौं। नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले तयारी थालेका छन्।

सरकारले भदौ १६ देखि निश्चित शर्तसहित नियमित उडान सञ्चालन गर्ने निर्णय गरेको थियो। कोभिड-१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि सरकारले पीसीआर परीक्षण सहज भएका देशहरूबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको हो।

दैनिक ५०० यात्रु नकट्ने गरी उडान सञ्चालन गर्न दिने निर्णय भएको छ। त्यस प्रयोजनका निम्ति पर्यटन मन्त्रालयले नियामक प्राधिकरणको समन्वयमा उडान तालिका बनाउनेछ।

मन्त्रालयका सहप्रवक्ता राजन पौडेलले सरकारको निर्णयअनुरुप दैनिक ५०० यात्रु नबढ्ने गरी नियमित उडानको तालिका बनाउन मन्त्रालय जुटेको बताए। उनले पर्यटन मन्त्रालय, नियामक प्राधिकरण र सम्बन्धित मुलुकका दूतावाससँग समन्वय गरेर नियमित उडानको तालिका बनाइनेछ।

सरकारी निर्णयअनुरुप पीसीआर परीक्षण सहज भएका मुलुकबाट नियमित र पीसीआर सहज नभएका मुलुकबाट उद्धार चार्टर्ड उडान गरिनेछ।

“सरकारको निर्णयअनुरुप भदौ १६ देखि हुने नियमित उडानको तालिका बनाउन हामी लागिपरेका छौँ, सोमबार या मङ्गलबारभित्र उडान तालिकाको टुङ्गो लगाइनेछ”, सह(प्रवक्ता पौडेलले भने।

नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) र हिमालय एअरलाइन्ससहित विभिन्न मुलुकका एअरलाइन्सले नियमित उडान गर्नेछन्।

सह(प्रवक्ता पौडेलका अनुसार दैनिक ५०० मात्रै यात्रु ल्याउने निर्णयअनुरुप वाइडबडी ए(३३० जहाजको हकमा दैनिक दुई वटा तथा न्यारोबडी ए(३३० जहाजमार्फत् उडान गरिए दैनिक तीनवटा जहाजले नियमित उडान गर्नेछन्।

यी उडानमा नेपालीसहित विदेशी एअरलाइन्सले तालिकाअनुसार उडान भर्नेछन्। पीसीआर सहज नभएका मुलुकबाट भने उद्धार चार्टर्ड उडान सञ्चालन गरिनेछ। चार्टर्ड उडानको छुट्टै तालिका बनाइने मन्त्रालयले जनाएको छ।

सरकारले नियमित उडान सञ्चालन गर्ने निर्णय गरेसँगै आवश्यक तयारीका लागि पर्यटन मन्त्रालय र प्राधिकरण जुटेको हो। प्राधिकरणका महानिर्देशक राजन पोखरेलले सरकारी निर्णयअनुसार दैनिक ५०० यात्रु ल्याउने गरी सम्बन्धित मुलुक र गन्तव्यबाट हुने उडान तालिकाको तयारीमा जुटेको जानकारी दिए। “भदौ १६ देखि हुने नियमित उडानको तालिका बनाउन छलफलमा जुटेका छौँ, उडान तालिका छिट्टै टुङ्ग्याउँछौँ,” उनले भने।

वि.सं.२०७७ भदौ ७ आइतवार १५:५१ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...