back
NMB ad

अब बैंकका सबै शाखाले विदेशी मुद्राको कारोबार गर्नुपर्ने, यस्तो छ नयाँ व्यवस्था

Kumari bank ad

काठमाडौँ । अब वाणिज्य बैंकका हरेक शाखाले विदेशी मुद्राको कारोबार गर्नुपर्ने भएको छ । यसअघि एउटा बैंकका सबै शाखाबाट विदेशी मुद्राको कारोबार अनिवार्य थिएन ।

राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली ०७७ मा यो नयाँ व्यवस्था ल्याएको हो । १० वर्षपछि परिमार्जन गरेको विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको छ ।

, यस्तो छ नयाँ व्यवस्थानयाँ व्यवस्थाअनुसार वाणिज्य बैंकका हरेक शाखाले विदेशी मुद्रा बिक्री, सटही नगरे पनि खरिद भने गर्नुपर्नेछ । नागरिकसँग रहेको विदेशी मुद्रा बिक्रीका लागि सजिलो होस् भन्ने उद्देश्यले उक्त व्यवस्था गरिएको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका निर्देशक गुरुप्रसाद पौडेलले जानकारी दिए । ‘शाखाले विदेशी मुद्राका अरू कारोबार नगर्न पनि सक्छन् ।तर ग्राहकले ल्याएको विदेशी मुद्रा भने अनिवार्य रूपमा किन्नुपर्नेछ,’ उनल भने ।

नयाँ व्यवस्थाअनुसार वाणिज्य बैंकका हरेक शाखाले विदेशी विनिमय कारोबारका लागि छुट्टाछुट्टै लाइसेन्स लिनु नपर्ने भएको छ । बैंकले एक पटक विदेशी विनिमय कारोबारका लागि लाइसेन्स लिएपछि सबै शाखामार्फत सो कारोबार गर्न पाइनेछ ।

यसअघि हरेक शाखाले छुट्टाछुट्टै विदेशी विनिमय कारोबारका लागि लाइसेन्स लिनुपर्ने व्यवस्था थियो । यही कारण बैंकका सीमित शाखाले विदेशी विनिमयको कारोबार गर्दै आएका थिए । कान्तिपुर दैनिकमा समाचार छ ।

वि.सं.२०७७ भदौ ८ सोमवार ०७:३४ मा प्रकाशित

You can share this post!

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:५९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज जेठ...

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४९

काठमाडौँ, ३ जेठ : हाल देशमा पश्चिमी र स्थानीय वायुको...

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४४

गण्डकी, ३ जेठ : पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत...

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४१

काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई...

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:३५

रमेश लम्साल, काठमाडौँ :  उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि...

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:२८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...