back
NMB ad

कर्फ्यू उल्लङ्घन गर्दै नाइटक्लबमा पार्टी, प्रहरीले छापा मार्दा भागदौडमा १३ जनाको मृत्यु

Kumari bank ad

एजेन्सी । पेरुमा गत मार्चदेखि रात्रिकालिन समयमा कर्फ्यू लागू गरिएको छ भने ठूला भेलाहरु प्रतिबन्ध गरिएको छ ।

प्रतिबन्धलाई उल्लङ्घन गर्दै सञ्चालन गरिएको नाइटक्लबमा प्रहरीले छापा मार्दा भएको भागदौडमा किचिएर १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २० देखि ३० वर्ष उमेर समूहका ११ पुरुष र २ महिला रहेको जनाइएको छ । लिमास्थित थोमास रेस्ट्रोबारमा पुगेकाहरु भाग्ने क्रममा यो घटना भएको हो । प्रत्यक्षदर्शीहरुले अश्रुग्यास प्रयोग भएको जनाएका छन् ।

यता, राष्ट्रपति मार्टिन भिजकाराले पक्राउ परेका २३ जनामध्ये १५ जना कोरोनाभाइरस संक्रमित रहेको पाइएको बताए । दक्षिण अमेरिकी देशहरुमा पेरु कोभिड–१९ बाट धेरै प्रभावित हुने देशहरु मध्ये पर्दछ । हालसम्म त्यहाँ ५ लाख ७६ हजार संक्रमित फेला परेका छन् भने हालसम्म २७ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

करिब १२० जना उक्त गैरकानुनीरुपमा आयोजित जन्मदिनको पार्टीमा सहभागी रहेको पेरुका गृहमन्त्रीले बताएका छन् । प्रहरीले त्यहाँ छापा मारेपछि उनीहरु साँधुरो बाटो हुँदै भाग्ने प्रयास गरेका थिए ।

वि.सं.२०७७ भदौ ८ सोमवार ०७:०९ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...