back
NMB ad

भोलिदेखि ढुवानी सेवा पनि बन्द गर्ने निर्णय

Kumari bank ad

परासी । कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम) मा केराउ, छोहडा तथा मरिचको ओसारपसार र ढुवानीमा पूर्ण प्रतिबन्ध लगाईएको छ ।

जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रबाट यस्ता वस्तुको अवैध ओसारपसार र चोरी निकासी बढेपछि जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

निषेधाज्ञाको समयमा पनि जिल्लामा वैधरअवैद्य रुपमा हरियोरसेतो केराउ, छोहडा तथा मरिचको आवश्यकता भन्दा बढी भण्डार र अवैद्य रुपमा भारततर्फ चोरी निकासी बढ्दै जाँदा कोरोना भाईरस सङ्क्रमणको जोखिम बढ्दै गएकोले आजदेखि उक्त वस्तुहरुको ओसारपसार तथा ढुवानीमा प्रतिवन्ध लगाईएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए ।

अब अर्को आदेश नभएसम्मका लागि ती वस्तुको ओसारपसार र ढुवानी गर्न पाईने छैन् । निषेधाज्ञा तथा सीमा पूर्णरुपमा बन्द हुँदा पनि नेपाल–भारत सीमा क्षेत्रमा अवैद्य चोरी तस्करीमा कमी आउन सकेको छैन् ।

देशका विभिन्न नाकाबाट भन्सार गराएर यस्ता वस्तुहरु जिल्लाका विभिन्न स्थानमा रहेका गोदामघरमा आवश्यकता भन्दा अधिक मात्रामा भण्डारण गरी राख्ने तथा रातको समयमा लुकिछिपी भारततर्फ निकासी गराउने कार्य गर्दा शान्ति सुरक्षामा खलल पुग्नुका साथै कोभिड १९ को सङ्क्रमण समुदायस्तरमा फैलिन गई मानव स्वास्थ्यमा समेत प्रतिकूल असर परेको प्रअिज पाठकले बताए ।

स्थानीय प्रशासन ऐन अनुसार अर्को आदेश नभएसम्मका लागि त्यस्ता वस्तुको ओसारपसार र ढुवानीमा पूर्ण रोक लगाईएको उनले बताए । उक्त आदेशको उल्लङ्घन गरेमा सुरक्षाकर्मीले तत्काल पक्राउ गरी सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यहाँ रातको नौ बजेपछि जिल्लामा हिँडडुल गर्न रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालयले आज जारी गरेको सूचना अनुसार अव रातीको नौबजेपछि अत्यावश्यक काम परेर बाहिर निस्कनु परेमा प्रहरीलाई जानकारी गराउनुपर्नेछ । जिल्ला प्रशासन कार्यालयले कोरोना परीक्षणका लागि स्वाव सङ्कलन गरिएका व्यक्तिलाई अनिवार्य होम क्वारेन्टिनमा बस्न पनि आग्रह गरेको छ । त्यसरी बस्न अटेरी गर्ने व्यक्तिलाई निगरानी गरी कारवाही गरीने कार्यालयले जनाएको छ ।

स्वाव सङ्कलन गरिएका व्यक्ति जथाभावि हिँडडुल गर्दा समुदायमा कोरोना सङ्क्रमण फैलिनुका साथै कन्ट्याक्ट ट्रेसिङ्मा चुनौती थपिएको प्रमुख जिल्ला अधिकारी पाठकले बताए । स्वास्थ्य कार्यालय वा स्थानीय तहबाट स्वाव सङ्कलन गरिएका व्यक्तिहरुको विवरण प्रकाशन हुनेछ ।

जिल्लामा पछिल्लो समय कोभिड १९ को सङ्क्रमण समुदायस्तरमै फैलिएको छ । गाउँपालिका अध्यक्ष, चिकित्सक, स्वास्थ्यकर्मी, विभिन्न निकायका कर्मचारी तथा सर्वसाधारण गरी जिल्लामा १७८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कोभिड १९ को सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि पश्चिम नवलपरासीमा साउन ३१ गते राती १२ बजेदेखि भदौ १० गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा लागू गरिएको छ ।

वि.सं.२०७७ भदौ ८ सोमवार १८:२३ मा प्रकाशित

You can share this post!

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल मिलाइनेछः अर्थमन्त्री पुन

नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल मिलाइनेछः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:५०

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारको नीति तथा कार्यक्रम,...

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई निर्देशन   

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई निर्देशन   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:२८

काठमाडौँ, २५ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा...