back
NMB ad

आयो करिब साढे ९२ लाख कित्ता सेयर, जेठ १३ देखि आवेदन दिन पाइने

Kumari bank ad

काठमाण्डौं । एनआइसी एशिया बैंकले चार बराबर एक९४ः१० अर्थात एक सय कित्ता सेयर बराबर २५ कित्ताका दरले हकप्रद निष्काशन गरेको छ । आगामी जेठ १३ गते देखि यो हकप्रद सेयरमा आवेदन दिन पाइनेछ । लगानीकर्ताले असार १५ गतेसम्म आवेदन दिन पाउने छन् ।

बैशाख ३० गतेसम्म सेयर किन्ने लगानीकर्ताले यो बैंकको हकप्रद पाउने छन् । बैशाख ३१ गते हकप्रद निष्काशनका लागि बुक क्लोज हुने जानकारी बैंकले दिएको छ ।

बैंकले ९२ करोड ३७ लाख ५४ हजार रुपैयाँ बराबरको ९२ लाख ३७ हजार पाँच सय ४० कित्ता हकप्रद जारी गर्न लागेको हो । चुक्ता पुँजी बृद्धि गर्न बैंकले हकप्रद निष्कासन गरेको हो । यो हकप्रद पछि बैंकको चुक्ता पुँजी चार अर्ब ६१ करोड ८७ लाख ७९ हजार रुपैयाँ पुग्नेछ ।

यो हकप्रद सेयरको निष्कासन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल नियुक्त भएको छ । लगानीकर्ताले सिभिल क्यापिटल र एनआएसी एशिया बैंकका सबै शाखाबाट हकप्रद सेयर भर्न पाउँछन् ।

प्रतिसेयर एक सय रुपैयाँका दरले पैसा बुझाएर लगानीकर्ताले सेयर भर्न पाउँछन् । डिम्याट खातामा र कागजी प्रमाणपत्र दुबै भए हकप्रद फरक फरक भर्नुपर्ने छ ।

गत आर्थिक वर्षसम्मको नाफाबाट वितरण गरिएको बोनस समेत जोड्दा बैंकको चुक्ता पुँजी यही आर्थिक वर्षको अन्त्यसम्म पाँच अर्ब ४६ करोड ८६ लाख रुपैयाँ पुग्छ । चालु आर्थिक वर्षको अन्त्यसम्म बैंकले ८३ करोड रुपैयाँ खुद नाफा कमाउने अनुमान गरिएको छ ।

एनआइसी एशियामा सर्वसाधारण सेयर धनीको लगानी ४९ प्रतिसत र सस्थापक समूहको लगानी ५१ प्रतिसत छ ।

२६ बैशाख २०७३, १०।००

वि.सं.२०७३ वैशाख २६ आइतवार १०:४४ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...