back
NMB ad

अर्को हप्तादेखि सबै कार्यलयहरु खुल्ने, विद्यालय तथा कलेज खुलाउने विषयमा छलफल !

Kumari bank ad

एजेन्सी । भुटानले कोरोना भाइरसको संक्रमण बढ्न सक्ने भन्दै लगाएको लकडाउन हटाएको छ । कोरोनाको जोखिम कम भएका ठाउँहरुमा आजदेखि चरणबद्ध रुपमा लकडाउन खुलाइएको हो । अब आजदेखि आफ्नो क्षेत्रमा बिना कार्ड हिँडडुल गर्नसकिने छ ।

सेप्टेम्बर ४ तारिखदेखि जोङखागभित्र यात्रु बस अनि ट्याक्सी चलाउन सक्ने, तर सामाजिक दूरीको ख्याल गर्दै ५० प्रतिशत यात्रु मात्र बोक्न पाइने बताइएको छ । ७ तारिखदेखि निजी गाडी लिएर हिँड्न सक्ने, ११ तारिखदेखि एक ठाउँबाट अर्को ठाउँमा जान सक्ने, तर त्यसका लागि प्रहरीबाट अनुमति लिनुपर्ने बताइएको छ।

आगामी ७ तारिखदेखि सबै कार्यलय तथा संघसंस्था खुला हुने बताइएको छ। आगामी ७ तारिखदेखि ग्रोससी र औषधि पसल र भोजनालय खुल्ने भएको छ ।

स्कुल, कलेज अनि संघसंस्था खुलाउने विषयमा सरकारले छलफल गरिरहेको जनाइएको छ। फुन्छोलिङ, साम्ची, गेलेफु, साम्ड्रुपजोङखर जस्ता सिमा क्षेत्रका सहर बजारमा भने संक्रमणको जोखिम बढी भएकाले कार्ड लिएर हिँडने नियम लागू हुने बताईएको छ।

वि.सं.२०७७ भदौ १६ मंगलवार ०८:३८ मा प्रकाशित

You can share this post!

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...