back
NMB ad

जूमको मुनाफामा उच्च वृद्धि, कति कमायो ?

Kumari bank ad

सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी सञ्चार प्रविधि कम्पनी जूमको मुनाफामा उच्च वृद्धि भएको छ । कम्पनीको भिडियो कन्फ्रेन्सिङ एपको प्रयोगमा भएको उच्च वृद्धिसँगै दोस्रो त्रैमासमा आम्दानी र मुनाफा दुवै बढेको हो ।

जुलाई ३१ सम्मको तीन महीनामा कम्पनीले ६६ करोड ३५ लाख डलर आम्दानी गरेको छ । आम्दानीको यो आकार गत वर्षको सोही अवधिको तुलनामा ३५५ प्रतिशत धेरै हो ।

समीक्षा अवधिमा कम्पनीले १८ करोड ६० लाख मुनाफा कमाएको छ । मुनाफाको यो आकार सन् २०१९ को सोही अवधिको तुलनामा ४५८ प्रतिशत धेरै हो ।

कोरोना भाइरसको महामारीबीच विश्वभर रिमोट वर्किङ बढेसँगै जूमको प्रयोग निकै बढेको छ । सोमवार शेयर बजार बन्द हुँदा जूमको शेयर मूल्य प्रतिकित्ता ३२५ डलर १० सेन्टको कीर्तिमानी उचाईमा पुगेको थियो ।

कम्पनीले यस वर्षको पूर्ण वार्षिक आम्दानी प्रक्षेपण २ अर्ब ३७ करोड देखि २ अर्ब ३९ करोड डलरसम्म पु¥याएको छ । यो यसअघि गरिएको प्रक्षेपणको तुलनामा ३० प्रतिशत धेरै हो । जूमको सफलतामा कारक शुल्क तिर्ने ग्राहकको संख्या थप्न सक्ने यसको क्षमता हो ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमण फैलिन नदिन कयौं देशहरुले लकडाउन लागू गरेसँगै जूमको साथसाथै यसको प्रतिस्पर्धी एपहरु सिस्को वेबेक्स र माइक्रोसफ्ट टिम्सको प्रयोगमा उच्च वृद्धि भएको छ । एजेन्सी

वि.सं.२०७७ भदौ १६ मंगलवार १६:४९ मा प्रकाशित

You can share this post!

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...