back
NMB ad

अन्ततः भोलिदेखि खुल्ने भयो बजार : यातायात भने आंशकि रुपमा चल्ने, प्रशासनले गर्यो यस्तो निर्णय !

Kumari bank ad

इटहरी । सुनसरीमा कोरोना संक्रमित संख्या बढ्दै गएपनि सुनसरी प्रशासनले निषेधित क्षेत्रलाई खुकुलो बनाउने निर्णय गरेको छ ।

बिहीबारदेखि बिहान १० बजेसम्म बजार खुल्ने भएको हो । साथै आवतजावतका लागि रिक्सा सञ्चालन गर्न अनुमति दिइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

कार्यालयले बुधबार जारी गरेको विज्ञप्तीअनुसार १८ गतेदेखि निषेधित क्षेत्र खुकुलो पार्न लागिएको हो । तर हाट बजार, भेला, कार्यक्रममा भने प्रतिबन्ध अझै कायमै छ ।

बजार र यातायात आंशिक खोलेपनि पर्याप्त सतर्कता अपनाउन आग्रह गरिएको छ । मास्क, स्यानेटाइजरलाई अनिवार्य गर्न भनिएको छ । यस्तै पसल तथा रिक्सालाई पटक पटक डिस्इन्फेक्सन गर्नुपर्ने शर्त राखिएको छ ।

लामो समयदेखिको बन्दाबन्दीका कारण समस्यामा परेका सर्वसाधारणलाई यो निर्णयले राहत दिने विश्वास गरिएको छ । प्रशासनले अनुमति नदिएपनि इटहरीका व्यवसायीहरुले बिहीबारदेखि बजार खोल्ने घोषणा गरेका थिए ।

वि.सं.२०७७ भदौ १७ बुधवार १४:३२ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...