back
NMB ad

एकैपटक साढे चार अर्ब रकम मुद्दती निक्षेपमा राख्दै नागरिक लगानी कोष

Kumari bank ad

काठमाडौं । नागरिक लगानी कोषले एकैपटक साढे चार अर्ब बढी रकम मुद्दती निक्षेपमा राख्ने भएको छ । कोषले आज एक सूचनामार्फत ‘क’ वर्गका वाणिज्य बैंकमा उक्त परिमाणको रकम राख्न लागेको जनाएको हो ।

कोषको सूचनाअनुसार सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीका तर्फबाट जम्मा भएको तथा लगानीबाट प्राप्त भएको प्रतिफलको रु चार अर्ब ४५ करोड ५९ लाख ६० हजार मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो ।

कोषको सूचनामा भनिएको छ ‘नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’ वर्गका वाणिज्य बैंकमा एक वर्षदेखि दुई वर्षे मुद्दति निक्षेपमा लगानी गर्न लागिएको छ ।

कोषले बैंक तथा वित्तीय संस्थाबाट आफूले लिन चाहेको ब्याजदर र ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरी सिलबन्दी प्रस्ताव बुझाउन आग्रह गरेको छ । सूचनामा यही भदौ २१ गते दिउँसो २ बजेसम्म सिलबन्दी प्रस्ताव बुझाउन समय दिइएको छ ।

बैंक तथा वित्तीय संस्थामा हाल झण्डै रु दुई अर्ब बराबरको तरलता रहेको छ । बैंक तथा वित्तीय संस्थाले संस्थागत निक्षेपको सात प्रतिशतसम्म व्याज दिने गरेका छन् । बोलकबोलको प्रक्रियामार्फत बैंक तथा वित्तीय संस्थाले कर्मचारी सञ्चय कोष जस्ता निकायको रकम मुद्दतीमा लिने गरेका छन् ।

वि.सं.२०७७ भदौ १८ बिहीवार १२:५८ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...