back
NMB ad

निषेधाज्ञा : भोलिदेखि लागू हुँदैछ यस्तो नयाँ नियम, प्रशासनले निकाल्यो अत्यन्त जरुरी सूचना

Kumari bank ad

रौतहट । रौतहटमा भदौ मसान्तसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । कोभिड १९ संकट व्यवस्थापन जिल्लास्तरीय समितिको बैठकले भोलि २२ गतेदेखि लागू हुनेगरी जिल्लाभर निषेधाज्ञा जारी गरेको हो ।

गत भदौ १४ गते स्थानीय प्रशासनले जारी गरेको ७ दिने निषेधाज्ञाको अवधि आज बेलुकी सकिँदैछ । जिल्लामा बढ्दो कोरोना भाइरसको संक्रमणले थप मानिसलाई संक्रमित बनाउने जोखिम उच्च रहेकाले निषेधाज्ञा जारी गरिएको हो ।

रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवका अनुसार उक्त अवधिमा सार्वजनिक तथा भाडाको गाडी चलाउन निषेध गरिएको छ भने अत्यावश्यक सवारीसाधन चलाउन पाइने छ ।

अत्यावश्यक तथा खाद्यान्न पसल स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न पाइने छ । त्यसैगरी होटेल, रेस्टुरेन्ट जिमखाना, सैलुन , ब्युटीपार्लर , हाटबजार भने खोल्न नपाइने जिल्ला प्रशासन कार्यालय रौतहटले जारी गरेको सूचनामा उल्लेख रहेको छ ।

वि.सं.२०७७ भदौ २१ आइतवार १२:२८ मा प्रकाशित

You can share this post!

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:४६

काठमाडौँ, २ जेठः कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति...

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२६

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम...

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२१

कास्की : पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको...

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...