back
NMB ad

थानकोट–सिस्नेखोला सुरुङमार्ग निर्माण सुरु

Kumari bank ad

काठमाडौँ । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सुरु भएको छ । शिलान्यास भएको झन्डै एक वर्षपछि राजधानी भित्रिने मुख्य नाकामा सुरङमार्ग निर्माण सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक २४ गते उक्त सुरुङमार्गको शिलान्यास गर्नुभएको थियो ।

विभिन्न समस्या र अवरोधलाई समाधान गर्दै मुलुककै ‘ड्रिम प्रोजेक्ट’का रूपमा उक्त सुरुङमार्गको निर्माण कार्य सुरु भएको प्रधानमन्त्री ओलीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलियाले जानकारी दिए । उनले भने, “काठमाडौँ र धादिङ दुवैतिरबाट एकैसाथ सुरुङमार्गको निर्माण सुरु गरिएको छ, अब निरन्तर काम अगाडि बढ्ने छ ।” मुआब्जा विवाद र विस्फोटक पदार्थ आपूर्तिका लागि नेपाली सेनाले अनुमति नदिँदा निर्माण सुरु हुन सकेको थिएन ।

सुरुङमार्ग निर्माण स्थलको आकस्मिक अनुगमन गर्नुभएका विज्ञ थपलियाले अनुगमनका क्रममा आफूले निर्माणकार्य निरन्तर अगाडि बढाउन अब कुनै समस्या नरहेको पाएको जानकारी दिए । निर्माण कम्पनीको आयोजना निर्देशकको प्रत्यक्ष रोहवरमा २४ घण्टा काम भइरहेको छ । “निर्माणका क्रममा कुनै समस्या उत्पन्न भए यथाशीघ्र सम्पर्क गर्न आयोजना निर्देशकलाई भनेको छु,” उनले भने, “अब कुनै समस्या देखिँदैन, देखिएको नयाँ समस्यालाई थयाशीघ्र समाधान गरी कामलाई निरन्तरता दिइने छ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

वि.सं.२०७७ भदौ २२ सोमवार ०६:५५ मा प्रकाशित

You can share this post!

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजार दोहोरो अंकले बढ्दा यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजार दोहोरो अंकले बढ्दा यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख ३१ सोमवार १५:०७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना

आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ३१ सोमवार १४:५२

काठमाडौँ, ३१ वैशाखः जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा...

मोटरबोटले बढायो पर्यटन   

मोटरबोटले बढायो पर्यटन   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १४:४६

कमलकुमार बस्नेत काठमाडौँ, ३१ वैशाखः नेपालका नदीमा पहिलोपटक ‘मोटरबोट’ चलेको...

माछापुच्छ्रे बैंकद्वारा दुर्घटना बिमा अन्र्तगतको १० लाख रकम हस्तान्तरण

माछापुच्छ्रे बैंकद्वारा दुर्घटना बिमा अन्र्तगतको १० लाख रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख ३१ सोमवार १४:३६

काठमाडौं । माछापुच्छ्रे बैंकले न्यू स्मार्ट तलव खाता अन्र्तगत दुर्घटनामा...

जलविद्युत् छ तर बत्ती बल्दैन   

जलविद्युत् छ तर बत्ती बल्दैन   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १४:३०

डम्मर बुढामगर ढोरपाटन (बागलुङ), ३१ वैशाख : बागलुङको तमानखोला गाउँपालिका–६...