back
NMB ad

१३ अंकले बढ्यो शेयर बजार : २ अर्ब ५६ करोड बराबरको कारोबार

Kumari bank ad

काठमाडौं । आइतबारदेखि घट्न सुरु भएको बजार आज (बुधबार) भने सुधार आएको छ । आज शेयर बजार १३ अंकले बढेको छ । बजार बढेसंगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १ हजार ५०८ अंकमा पुगेको छ ।

उक्तदिन २ अर्ब ५६ करोड ३४ लाख रुपैयाँ बराबरको ५७ लाख ९८ हजार ५३२ कित्ता सेयर किनबेच भएको छ । बुधबार नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी सेयर किनबेच भएको छ ।

नेपाल रिको प्रतिकित्ता ८९१ मा २२ करोड ३१ लाख २२ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै नागरिक लगानी कोषको ३ हजार ६३२ रुपैयाँमा १८ करोड ६४ लाख र शिवम सिमेन्ट लिमिटेडको ७४१ मा १२ करोड ६३ लाख रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

बैंक र विकास बैंक परिसूचकमा गिरावट आएको छ । व्यापार, जलविद्युत, उत्पादन, बीमा, लघुवित्त र म्युचअल फण्ड परिसूचक बढेको छ । राष्ट्रिय बीमा कम्पनी लिमिटेड, रिलायन्स इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले कमाएका छन ।

वि.सं.२०७७ भदौ २४ बुधवार १५:२१ मा प्रकाशित

You can share this post!

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ जेठ १० बिहीवार १६:३९

बेइजिङ, १० जेठ : चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता...

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १० बिहीवार १६:२९

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग स्थित...

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:५०

मुगु, १० जेठ : मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा...

गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित   

गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:३५

रामबहादुर थापा र सन्तोष गौतम गण्डकी, १० जेठ : गण्डकी...

साकेला उभौलीः उल्लासमय बन्दै किराँत गाउँबस्ती   

साकेला उभौलीः उल्लासमय बन्दै किराँत गाउँबस्ती   

वि.सं.२०८१ जेठ १० बिहीवार १३:५५

खोटाङ, १० जेठ : किराँत समुदायको प्रमुख चाड साकेला (उभौली)...

कालीगण्डकी करिडोर : बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति   

कालीगण्डकी करिडोर : बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति   

वि.सं.२०८१ जेठ १० बिहीवार १३:५०

गलकोट (बागलुङ), १० जेठ : कालीगण्डकी करिडोरको बलेवा–हर्मिचौर खण्डमा कालोपत्रका...