back
NMB ad

अन्ततः भोलिदेखि १० दिनका लागि बजार बन्द हुने, आकस्मिक बैठकको यस्तो आयो निर्णय

Kumari bank ad

दाङ । रुकुमपूर्वमा समुदाय स्तरमै कोरोना भाइरस पुष्टि भएपछि रुकुमकोट बजार १० दिनसम्म सिल गरिएको छ ।

 

शुक्रबार र शनिबारमा पाँच जना प्रहरी, दुई जना व्यापार व्यवसायी, एक जना बैंकका कर्मचारी र बाँकी पाँच जना क्वारेन्टिनका गरी दुई दिनमा १३ जनालाई कोरोना भाइरस पुष्टि भएपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को आकस्मिक बैठकले सिस्ने गाउँपालिका–५ र ६ अस्थायी जिल्ला सदरमुकाम रुकुमकोट बजार १० दिनसम्म सिल गरिएको हो ।

 

एक जना सुरक्षाकर्मी, एक जना राष्ट्रीय वाणिज्य बैंकका कर्मचारी, एक जना स्थानीय व्यापारी र एक जना काठमाडौंमा व्यापार व्यवसायी गरिरहेका हाल स्थायी घर आएका व्यक्तिमा संक्रमण देखिएपछि जोखिम बढेको भन्दै जिल्लाभरीमै निषेधाज्ञा जारी रहेको र थप रुकुमकोट बजारलाई शनिबार देखि असोज ५ गतेसम्म सिल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए ।

 

 

सिल गरिएको रुकुमकोट बजारमा अत्यावश्यक सेवाको लागि मात्र दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म खाद्यान्न पसल खोल्न पाइने छ भने अरू सबै व्यापार व्यवसाय एवं पसलहरू बन्द हुनेछन् । यस्तै अत्यावश्यक सेवाका सवारी साधन, सरकारी नम्बर प्लेटका सवारी साधन, कार्यालयका कर्मचारीले प्रयोग गर्ने सावारी साधन र इजाजत प्राप्त सवारी साधन बाहेकका सबै प्रकारका सवारी साधनको आवागमनमा रोक लागाइएको छ ।

 

 

निर्णयको अटेरी गरेमा संक्रमक रोग ऐन, २०२० तथा प्रचलित कानुन बमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ । प्रजिअ राईले जिल्लाबासीलाई अत्यावश्यक काम नपरी जथाभावी घरबाहीर हिड्डुल नगर्न र निस्कनैपरे स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेका छन् । संक्रमित व्यक्तिहरूको सम्पर्कमा आएकाहरूको पनि कन्ट्रयाक्ट ट्रेसिङको काम शुरु गरिएकोले भदौ ३१ र असोज १ गते स्वाब संकलन गरिने बैठकले निर्णय गरेको प्रजिअ राईले जानकारी दिए ।

 

मंगलबार र बुधबार गरी दुई दिनमा जिल्लाबाट १८५ जनाको स्वाब संकलन गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ आएकोमा शुक्रबार सिस्ने गाउँपालिकाबाट ९४ जनाको स्वाब संकलन गरिएको मध्येबाट एघार जना र शनिबार पुथाबाट ४४ जनाको स्वाब संकलन गरिएकामध्येबाट दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्लामा हाल जम्मा संक्रमितको संख्या ३९ जना पुगेकामध्ये २५ जना निको भई घर फर्किएका छन् भने हाल जिल्लामा सकृय संक्रमितको संख्या १४ रहेको छ ।

यता दाङको तुलसीपुरमा समुदाय स्तरमा एकै दिन २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । समुदाय स्तरको ८९ जनाको कोरोना परीक्षण गरिएकोमा २२ जनामा कोरोना पोजिटिभ देखिएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको ८९ जनाको स्वाब परीक्षणका क्रममा २२ जनाको पोजिटिभ आएको कोभिड फोकल पर्सन केसीले बताए ।

संक्रमितहरुमा कन्ट्याक्ट ट्रेसिङ्ग गरिएका व्यक्तिहरु र स्वास्थ्यकर्मी रहेका छन् । यसमा चारजना उपमहानगरका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र बाँकी आम नागरिक रहेका छन् । पछिल्लो समय दाङमा समुदाय स्तरमा कोरोना फैलिरहेको छ । रासस

वि.सं.२०७७ भदौ २७ शनिवार १७:३७ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...