back
NMB ad

एक हजार घुसका आरोपीलाई आत्महत्यापछि सफाइ

Kumari bank ad

काठमाडौँ । विशेष अदालत काठमाडौँले एक हजार घुसका आरोपीलाई आत्महत्यापछि सफाइ दिएको छ ।

 

 

 

भदौ ३१ गते धरौटीमा छुटेका सुवेदीले गत वर्ष असोज ६ गते आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका भक्तपुर कटुञ्जे निवासी मालपोत कार्यालय कलंकीका खरिदार रामहरि सुवेदीले सफाइ पाएका हुन।

अख्यितार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग एक हजार रुपैयाँ घुस लिएको सिसिटिभी फुटेजका आधारमा सुवेदीलाई गत वर्ष साउन २२ गते कार्यालयमा बोलाएर ४२ दिन थुनामा राखी अनुसन्धान गरेको थियो।

उक्त मुद्दाको सुनुवाईका क्रममा गत असार ३० गते विशेष अदालत काठमाडौँले उनलाई सफाइ दिने फैसला गरेको अदालत स्रोतले जानकारी दियो।

स्रोतका अनुसार सिसिटिभी फुटेजका आधारमा दायर गरिएको मुद्दालाई न्यायाधीशहरू चन्द्रबहादुर सारू र रवि शर्मा अर्यालको इजलासले ‘प्रमाण नपुग्ने’ भन्दै सफाइ दिने ठहर गरेको हो।

मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १३३ मा कुनै मुद्दाको अभियुक्त वा प्रतिवादीको मृत्यु भएमा त्यस्तो मुद्दा खारेज हुने व्यवस्थाअनुसार अदालतले सुवेदीलाई निर्दोष ठहर गर्दै मुद्दा खारेज गरेको छ।

आयोगले साना कर्मचारी र पहुँचविहीनलाई सामान्य प्रमाणकै आधारमा मुद्दा दायर गर्ने गरे पनि ठूला पहुँचवाल र भ्रष्टाचारका आरोपीमाथि भने छानबिन नै नगरी मुद्दा तामेलीमा राख्ने निर्णय गर्दै आएको छ।

वि.सं.२०७७ भदौ २८ आइतवार ०८:४८ मा प्रकाशित

You can share this post!

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...