back
NMB ad

अन्ततः भोलिदेखि एक सातासम्म सार्वजनिक यातायात र बैंक पनि बन्द गर्ने निर्णय

Kumari bank ad

काठमाडौं । एक साताका लागि सार्वजनिक यातायात सवा बन्द गर्ने निर्णय गरेको छ ।

 

 

 

 

 

कोरोना संक्रमण बढ्दै गएपछि सार्वजनिक यातायात, विद्यालय, बैंक तथा वित्तिय संस्था लगायत सबै एक साताका लागि बन्द गर्ने निर्णय भएको हो ।

 

जनप्रतिनिधिसहित ११ जनामा एकैसाथ संक्रमण देखिएपछि तनहुँको ऋषिङ गाउँपालिकाले एक साताका लागि लकडाउन गरेको जनाएको छ । लामो समयपछि सोमबार एकै पटक धेरै जनामा संक्रमण देखिएपछि गाउँपालिकाले एक सूचना जारी गर्दै सोमबारबाट असोज ५ गतेसम्म एक साताका लागि लकडाउनको घोषणा गरेको हो।

गाउँपालिकाले यस अवधिमा अत्यावश्यकबाहेकका सेवा सञ्चालनमा नल्याउने निर्णय गर्दै नागरिकलाई गाउँपालिका क्षेत्रभित्र अनावश्यक हिँडडुल नगर्न अनुरोध गरेको प्रमुख प्रशासकिय अधिकृत चण्डिका पौडेलले बताए।

 

विद्यालय खुलाउने तयारीमा रहेको गाउँपालिकाले विद्यालयसहित बैंक तथा वित्तिय संस्था आदि सबै बन्द गर्ने निर्णय गरेको छ।गाउँपालिकाले सार्वजनिक यातायात सेवा पनि एक साताका लागि बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए।

 

उनले होम क्वारेन्टाइनका व्यक्तिहरु र जनप्रतिनिधि केहीमा समेत संक्रमण देखिएकाले उनीहरुको सम्पर्कमा आएका व्यक्तिको पहिचान र पुनः पीसीआर परीक्षण गर्दै संक्रमण फैलन नदिनका लागि लकडाउन गर्ने निर्णय भएको जानकारी दिए।

वि.सं.२०७७ भदौ २९ सोमवार १७:४५ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...