back
NMB ad

ह्वात्तै बढ्यो प्याजको मूल्य, प्रतिकिलो २४० रूपैयाँ !

Kumari bank ad

काठमाडौं । बजारमा सुकेको प्याजको भाउ आज झन् आकाशिएको छ ।

 

 

चाडबाड नजिकिँदै जाँदा २९ भदौमा प्याजको निकासी रोक्ने भारतको निर्णयपछि यहाँ मौज्दात रहेका प्याजको समेत कृत्रिम अभाव सिर्जना गराइएको छ ।

 

भारतको केन्द्र सरकारले प्याजको निकासी बन्द गर्ने निर्णय लिएसँगै व्यापारीहरुले नेपालको माग धान्दै आएको भारतीय प्याज लुकाउन र आफुखुशी मूल्य तोक्न थालेका छन्।

 

 

 

२९ भदौमा कालीमाटी फलफुल तथा तरकारी बजारमा प्रतिकिलो प्याजको होलसेल मूल्य ६० रूपैयाँ थियो। निर्यात रोकिएपछि हिजो ७५ रूपैयाँ पुगेको मूल्य आज किलोको ११९ रूपैयाँ पुगेको छ।

 

 

भारतले प्याजको निकासी रोक्ने सूचना पहिलेदेखि पाइसकेका व्यापारीले प्याजको कृत्रिम अभाव समेत गराउन थालेका छन्। कृत्रिम अभाव भएसँगै खुद्रा पसलमा प्याजको मूल्य असामान्य रूपमा बढेको छ।

 

 

थोक व्यापारीले प्याज दिन छाडेपछि खुद्रा व्यापारीले पहिलेदेखि रहेको स्टक प्याजको मूल्य आफुखुशी कायम गर्न लागेका छन्। खुद्रा पसलमा हिजो बिहान प्रतिकिलो ९० रूपैयाँसम्म पाइने प्याज बेलुका १५० पुगेको थियो।

 

 

यस्तै, आज बिहान उपत्यकाका खुद्रा पसलमा प्याजको मूल्य प्रतिकिलो २४० रूपैयाँसम्म पुगेको छ।

कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिका उप निर्देशक विनय श्रेष्ठले भारतले निकासी रोकपछि मूल्य बढ्नु स्वभाविक भएको बताए।

उनले प्याजमा पूर्णरुपमा भारतमा निर्भर हुँदा उताको क्रियाकलापले नेपालमा असर पर्ने बताएका छन्।

वि.सं.२०७७ भदौ ३१ बुधवार ०८:५० मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...