back
NMB ad

अब निजी विद्यालयले ७५ प्रतिशत मात्रै शुल्क लिन पाउने, यस्तो आयो निर्णय (सूचनासहित)

Kumari bank ad

काठमाडौं । निजी विद्यालयले अब ७५ प्रतिशत मात्रै शुल्क उठाउन पाउने भएका छन् ।

 

 

 

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले यहाँका निजी विद्यालयले मासिक शिक्षण शुल्कलाई आधार मानी ७५ प्रतिशत मात्रै शुल्क उठाउन स्वीकृति दिएको छ ।

 

विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका ०७७ को दफा ३० मा भएको व्यवस्थाअनुसार नगर शिक्षा समितिको मंगलबार बसेको बैठकले विद्यार्थीबाट उठाइने शुल्क निर्धारण गरेको नगरपालिकाले जनाएको छ ।

 

नगरपालिकाका शिक्षा प्रमुख गंगाराम आचार्यले नगरपालिकाले निर्धारण गरेको शुल्क असार महिनादेखि मात्रै विद्यालयहरुले लिन पाउने बताए । उनका अनुसार वैकल्पिक सिकाई क्रियाकलापमा सहभागी हुने विद्यार्थीबाट मात्रै विद्यालयले शुल्क लिन पाउनेछन् ।

त्यसमा अनलाइन कक्षाका साथै निर्देशिकामा उल्लेख भएका थप सहजीकरणका ४ माध्यम रहेका छन् । मासिक शिक्षण शुल्क बाहेकका अतिरिक्त क्रियाकलाप शुल्क, यातायात शुल्क, विज्ञान शुल्क, कम्प्युटर शुल्क, पुस्तकालय शुल्कलगायतका शुल्कहरु सहज रुपमा विद्यालयमा विद्यार्थीहरु भौतिक रुपमा उपस्थित नभएसम्म लिन नपाइने आचार्यले बताए ।

 

तोकिएकोभन्दा बढी शुल्क लिए र तोकिएको भन्दा अरु शीर्षकमा शुल्क उठाए त्यस्ता विद्यालयलाई कारबाहीको दायरामा ल्याउने शिक्षा प्रमुख आचार्यले बताए । तिलोत्तमा नगरपालिकामा ३९ वटा संस्थागत विद्यालय छन् । ती विद्यालयमा करिब २४ हजार विद्यार्थी अध्ययनरत छन् । कान्तिपुर दैनिकबाट

वि.सं.२०७७ भदौ ३१ बुधवार ०९:१२ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...