back
NMB ad

६० जना किसान मिलेर डेरी सञ्चालन

Kumari bank ad

म्याग्दी । म्याग्दीको एउटा गाउँका ६० किसानले बजारमा दुग्ध सहकारी संस्था तथा डेरी सञ्चालन गरेका छन् ।

 

 

बिचौलियाहरुले किसानबाट सस्तोमा खरिद गरेर उपभोक्तालाई महङ्गोमा बिक्री गरी बजारमा एकाधिकार कायम गरेको समयमा बेनी नगरपालिका–४ बास्कुनाका ६० पशुपालक कृषकले डेरी सञ्चालन गरी उपभोक्तालाई सुपथ मूल्यमा दुग्धजन्य पदार्थ बिक्री गर्न थालेका हुन् ।

बेनपा–७, बैंकरोडमा बास्कुना कृषि पशुपक्षी दुग्ध सहकारीद्वारा सञ्चालित डेरीको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य विनोद केसीले उपभोक्तालाई सस्तो र गुणस्तरीय सेवा दिने गरी डेरी सञ्चालन गर्नुपर्ने बताए ।

बेनपा–४ का वडाध्यक्ष गोविन्दप्रसाद पौडेलले वडाभित्रका किसानले कृषि र पशुपालनबाट मनग्य आम्दानी गरेको बताउँदै अनुदान र सहुलियतमा पहुँचभन्दा आवश्यकताका आधारमा वितरण गर्नुपर्नेमा जोड दिए ।

भेटेरिनरी अस्पताल एवं पशुसेवा विज्ञ केन्द्रका प्रमुख नारायण कुसुम र कृषि ज्ञान केन्द्रका प्रमुख गोविन्द कोइरालाले म्याग्दीमा कृषि र पशुपालनबाट राम्रो आम्दानी गर्न सकिने बताए ।

किसानले शुरुमा रु तीन लाखको लगानीमा सामग्री खरिद गरेर डेरी सञ्चालन गरेको बास्कुना कृषि पशुपक्षी दुग्ध सहकारी संस्थाका अध्यक्ष तिलक गुरुङले बताए ।

वि.सं.२०७७ असोज २ शुक्रवार ०८:३६ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...