back
NMB ad

आजदेखि सुरु भयो सजिलो र समिट लघुवित्तको एकीकृत कारोबार

Kumari bank ad

काठमाडौं । सजिलो र समिट लघुवित्त एक अपसमा मर्ज भएर आज मंगलबार (असोज ६ गते) बाट एकीकृत कारोबार सुरु गरेका छन् ।

 

मर्जपछि समिट लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु भएको हो । मर्जपछि यस लघुवित्तको केन्द्रीय कार्यालय गोरखा नगरपालिका वडा नं १३, मझुवा देउरालीमा रहनेछ ।

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले भदौ ७ गते र कम्पनी रजिष्ट्रार कार्यालयले भदौ २८ गते अन्तिम स्वीकृति दिएका थिए । दुवै कम्पनीको असार ३१ गते सम्पन्न विशेष साधारण सभाले १ः१ अनुपातमा मर्ज हुने प्रस्ताव पारित गरेका थिए ।

सजिलो लघुवित्तसँग मर्जरमा जाने सम्झौता गरेपछि माघ २३ गतेदेखि समिटको सेयर कारोबार रोक्का छ । समिट लघुवित्त १५ जिल्ला कार्यक्षेत्र भएको नेप्सेमा सूचीकृत कम्पनी हो भने सजिलो लघुवित्त नेप्सेमा सूचीकृत नभएको एक राष्ट्रियस्तरको कम्पनी हो ।

हाल समिटको चुक्ता पुँजी २१ करोड रुपैयाँ रहेको छ । यस्तै, सजिलोको चुक्ता पुँजी १४ करोड ८९ लाख रुपैयाँ छ ।

वि.सं.२०७७ असोज ६ मंगलवार ०९:४५ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...