back
NMB ad

असोज १६ गतेदेखि सबै विद्यालय सञ्चालन हुने !

Kumari bank ad

धनगढी । कैलालीका कैलारी गाउँपालिकाका सबै विद्यालय सञ्चालनमा आएका छन् । कोरोना महामारीले जारी लकडाउनका कारण बन्द भएका विद्यालय ५ महिनापछि सञ्चालनमा आएका हुन् ।

 

असोज १ गतेदेखि विद्यालय सञ्चालनमा आएपछि अध्ययनरत विद्यार्थी हर्षित भएका छन् । कक्षा ८ मा अध्ययरत छात्र सुशिल चौधरी कोरोना महामारीले जारी लकडाउनले विद्यालय बन्द भएपछि घरायसी काममा सक्रिय थिए ।

कहिले साथीहरु सँग खोलानामा माछा मार्ने त कहिले बस्तुभाउको लागि घाँसपात काट्ने काम गरेको बताउने उनी विद्यालय खुल्ने खबरले खुशी भएको बताउँछन् ।

 

कैलारी गाउँपालिकाले कोभिड १९ ले बन्द रहेको विद्यालय असोज १ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरे सँगै त्यहाँस्थित विद्यालय सञ्चालनमा आएको हो । आवश्यक सुरक्षा अपनाएर विद्यालय सञ्चालनमा ल्याएको बताइएको छ । गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार वैकल्पिक शिक्षा प्रणाली अपनाई विद्यालय सञ्चालनमा ल्याएको बताएको छ ।

सरकारले वैकल्पिक प्रणालीबाट विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेको छ । जसको आधारमा विद्यालय सञ्चालन गर्न निर्देशन जारी गरिएको छ ।

निर्देशिका अनुसार वैकल्पिक शिक्षा प्रणाली अन्र्तगत शिक्षण सिकाइ केन्द्र स्थापना र रेडियो, टीभी तथा अनलाइनबाट कक्षा लिने विद्यार्थीको वर्गीकरण गरी पठनपाठन गरिने छ । तर जिल्लाको दुर्गम गाउँपालिकाको रुपमा चिनिने गाउँपालिकामा रेडियो, टेलिभिजन तथा अनलाइन प्रविधिको पहुँच नरहेकोले विद्याथीलाई विद्यालयमै बोलाउनुपर्ने अवस्था रहेको बताइएको छ ।

सरकारको निर्देशनपछि कैलालीका अन्य स्थानीय तहका विद्यालयहरु पनि वैकल्पिक प्रणालीमार्फत विद्यार्थी सिकाइ सहजीकरणको तयारीमा जुटेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका लगायतका स्थानीय तहका विद्यालय पनि सञ्चालनको तयारीमा जुटेका छन् । असोज १६ गतेदेखि वैकल्पिक शिक्षा प्रणाली अपनाइ पठनपाठन सञ्चालन गर्ने जनाइएको छ ।

वि.सं.२०७७ असोज ७ बुधवार १४:२९ मा प्रकाशित

You can share this post!

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

वि.सं.२०८१ जेठ ८ मंगलवार १२:५५

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी...

पशुपतिको भेटी चोरीमा कोषाध्यक्ष नै संलग्न, ज्याकेटमा लुकाएर दिनमै १५ हजारसम्म चोरी

पशुपतिको भेटी चोरीमा कोषाध्यक्ष नै संलग्न, ज्याकेटमा लुकाएर दिनमै १५ हजारसम्म चोरी

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:३०

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी नै...

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ   

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ   

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:११

चितवन, ८ जेठः चितवन राष्ट्रिय निकुञ्जले एकसिङ्गे गैँडाको खाग खरिदबिक्रीमा...

बुद्धभूमि नेपाल हाइड्रोपावरलाई हकप्रद बिक्री गर्न स्वीकृति

बुद्धभूमि नेपाल हाइड्रोपावरलाई हकप्रद बिक्री गर्न स्वीकृति

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:०४

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडलाई १०० प्रतिशत...

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद   

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:५४

मङ्गलबारे (इलाम), ८ जेठः नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा नेपाली...

चिनियाँसँग नक्कली विवाह गराएर महिलालाई पाँच लाखमा बिक्री   

चिनियाँसँग नक्कली विवाह गराएर महिलालाई पाँच लाखमा बिक्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:५०

काठमाडौँ, ८ जेठः एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह...