back
NMB ad

एनसेलले ल्यायो आकर्षक थप नन्स्टप प्याकहरु

Kumari bank ad

काठमाडौं । एनसेलका ग्राहकले अब थप विकल्पहरुका साथ लोकप्रिय सामाजिक सञ्जाल टिकटक र फेसबुकको नन्स्टप मजा लिन सक्ने भएका छन् ।

एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि नन्स्टप अफरहरु अन्तर्गत थप विकल्प प्रदान गर्दै टिकटक र फेसबुक प्याकमा एक दिन र ३० दिनको आकर्षक योजना ल्याएको छ ।

‘प्लस’ थिम अन्तर्गत फोरजी ग्राहकलाई ध्यानमा राखी ल्याइएका यी नयाँ प्याकहरु बुधबार (असोज ७) देखि संचालनमा आएका छन् । ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उद्देश्य लिएको छ ।

ग्राहकले आफ्नो आवश्यकता अनुसार एक दिन वा ३० दिनको समयसिमा रहेका यी प्याकहरु सजिलै सुचारु गरी सुलभ दरमा यी सामाजिक सञ्जालहरुको प्रयोगबाट मजा लिन सक्छन् । ग्राहकले मात्र रु २५ (कर सहित रु ३१.९२) मा एक दिनको टिकटक वा फेसबुक प्याक सुचारु गर्न सक्छन् ।

त्यस्तै ग्राहकले मात्र रु ३६० (कर सहित ४५९.६८) मा ३० दिनको समयावधि रहेको टिकटक वा फेसबुक प्याक लिई आफुले लिएको प्याकको समयसिमा बाँकी रहेसम्म नन्स्टप रुपमा यसको फाइदा लिन सक्छन् । यति मात्र नभई, यो ३० दिनको प्याक लिने ग्राहकले अन्य प्रयोजनका लागि इन्टरनेट चलाउन थप ६ जीबी डेटा बोनस स्वरुप प्राप्त गर्दछन्।

एनसेलको फोरजी सेवा लिएका ग्राहकले एस्ट्रिक्स१७१२३एस्ट्रिक्स १ह्यास डायल गरी यी नयाँ प्याकहरु प्राप्त निर्देशन अनुसार नन्स्टप अफरको विकल्पहरुबाट सजिलैसँग छानेर सुचारु गर्न सक्छन् । ग्राहकले एनसेल एप तथा डिजिटल वालेट सेवा प्रदायकहरु जस्तै खल्ती, युनिपे, ईसेवा वा प्रभुपे मार्फत आफुलाई मनपर्ने प्याक सुचारु गर्न सक्छन् ।

नन्स्टप अफर अन्तर्गत लोकप्रिय एपमा आधारित भई ल्याइएका यी नयाँ आकर्षक प्याकहरुले फोरजी ग्राहकहरुलाई सुलभ दरमा उनीहरुको प्राथमिकतामा रहेका सामाजिक सञ्जालमा नन्स्टप पहुँच प्रदान गर्ने भएकाले ग्राहककालागि यसले ठूलो महत्व राख्ने विश्वास एनसेलले लिएको छ ।

नन्स्टप अफरहरु अन्तर्गत एनसेलले सात दिनको समयसिमा रहेको नन्स्टप टिकटक, फेसबुक वा युट्युब प्याक मात्र रु १०० (कर सहित रु १२७.६९) मा र युट्युब र फेसबुकको कम्बो प्याक रु १५० (कर सहित रु १९१.५४) मा प्रदान गर्दै आएको छ । यसै योजनामा ग्राहकले सात दिनको प्याकमा ४ जीबी र ३० दिनको प्याकमा ६ जीबी थप डेटा इन्टरनेटमा अन्य प्रयोजनका लागि प्रयोग गर्न बोनसको रुपमा पाउँदै आएका छन् ।

साथै सात दिन वा ३० दिनको नन्स्टप प्याक खरिद गर्ने ग्राहकका लागि विषेश थप योजना पनि रहेको छ । यी प्याक सुचारु गर्ने ग्राहकले हरेक दिन ५०० एमबीको दरले ७ दिन सम्म मात्र रु २० (कर सहित मात्र २५.५४) मा ३५०० एमबी थप फोरजी डेटा लिन सक्छन् । उक्त डेटा ग्राहकले टिकटक, फेसबुक वा युट्युब चलाउनको लागि प्रयोग गर्न सक्छन् ।

आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत नै रही एनसेलले वायरफ्री प्लस वाइफाइ, आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ननस्टप युट्युब प्लसका साथै एण्डलेस कुराकानी प्लस, नयाँ सजिलो सिम र अल्ट्रा वाइफाइ सिम प्लस योजनाहरु ल्याइसकेको छ र ग्राहकका लागि अझै धेरै सेवाहरु ल्याउँदै जानेछ ।

वि.सं.२०७७ असोज ७ बुधवार १५:०६ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...