back
NMB ad

आकर्षक तलबसहित विभिन्न पदमा कर्मचारी माग, कहिलेसम्म दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । के तपाई जागिरको खोजीमा हुुुनुहुन्छ ? यदि हुुनुहुन्छ भने नेपाल राष्ट्र बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

 

बैंकले करारमा तीन जना सिभिल इन्जिनियर र १० जना सवारी चालक माग गरेको छ । राष्ट्र बैंक केन्द्रीय कार्यालयमा दुई जना र सिद्धार्थनगर कार्यालयमा एक जना सिभिल इन्जिनियर माग गरिएको हो ।

 

स्नातक उत्तीर्ण गरि दुई वर्षको कार्य अनुभव भएकाले सिभिल इन्जिनियरिङ पदमा निवेदन दिन सक्ने बैंकले जनाएको छ । योग्यता पुगेका नेपाली नागरिकले असोज २२ गतेसम्ममा आवेदन दिन सक्ने छन् ।

सिभिल इन्जिनियरको मासिक तलब ५९ हजार ७०० रुपैयाँसहित अन्य सुविधा तोकिएको छ । करार अवधि ६ महिनाको हुनेछ । यता सवारी चालक पदमा कम्तिमा १० वर्ष सवारी चालक अनुभव भएको र ४५ वर्ष ननाघेकाले असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

चालकको तलब २८ हजार र खाजा खर्च २ हजार तोकिएको छ । करार अवधि ६ महिनाको हुनेछ ।

वि.सं.२०७७ असोज ८ बिहीवार १२:५९ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...