back
NMB ad

हिमालय एयरलाइन्सको ग्राउन्ड ह्यान्डलिङ सेवा स्थगित

Kumari bank ad

काठमाडौं । हिमालय एयरलाइन्सलाई ग्राउन्ड ह्यान्डलिङ सेवा दिने गरी गत साता भएको निर्णय तत्काल कार्यान्वयनमा नजाने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले हिमालय एयरलाइन्सलाई ग्राउन्ड ह्यान्डलिङ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको मन्त्रालय स्रोतले जानकारी दिएको हो ।

प्राधिकरणले अघिल्लो साता मात्र हिमालय एयरलाइन्सलाई ग्राउन्ड ह्यान्डलिङको सेवा सञ्चालन गर्न दिने निर्णय गरेको थियो । ग्राउन्ड ह्यान्डलिङ सेवाको अनुमति दिइँदा सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमको व्यापार खोसिएको भन्दै आलोचना भएपछि मन्त्रीले यसबारे चासो राखेका थिए ।

पर्यटनमन्त्री भट्टराईले आइतबार प्राधिकरणका महानिर्देशक राजन पोखरेलसँग यस विषयमा छलफल गरी हिमालय एयरलाइन्सलाई ग्राउन्ड ह्यान्डलिङको अनुमति दिएकोबारे जानकारी लिँदै अहिलेलाई यथास्थितिमा राख्न निर्देशन दिएको मन्त्रालय स्रोतले बतायो ।

यद्यपि यसबारे मन्त्रालय र प्राधिकरणको आधिकारिक धारणा भने बाहिर आएको छैन । मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र प्राधिकरणका महानिर्देशकबीचको छलफलमा मन्त्री भट्टराईले मापदण्डलगायतका विषयमा चासो राखेका थिए ।

अहिले नेपाल वायुसेवा निगमबाहेक एयर इन्डिया र थाई एयरवेजले आवश्यक मापदण्ड पूरा नगरी ग्राउन्ड ह्यान्डलिङ सेवा उपयोग गर्दै आएका छन् । यीमध्ये निगमले व्यावसायिक सेवा प्रदान गरेको छ भने अरु दुईले ‘सेल्फ सर्भिस’ उपयोग गरेका छन् ।

प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता राजकुमार क्षेत्री यस विषयमा आफूलाई आधिकारिक जानकारी नभएको प्रतिक्रिया दिन्छन् ।आर्थिक अभियान दैनिकबाट

वि.सं.२०७७ असोज १२ सोमवार ०८:३७ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...