back
NMB ad

देशभर थपिए १५१३ जना कोरोना संक्रमित : उपत्यकामा मात्रै ९३४, थप १० जनाको मृत्यु

Kumari bank ad

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै हालसम्म कुल संक्रमितको संख्या ७६,२५१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभर १५१३ जना कोरोना संक्रमित थपिएका हुन्।

काठमाडौँ उपत्यकामा ९३४ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ७४७ भक्तपुरमा ७३ र ललितपुरमा ११४ जना संक्रमित थपिएका छन ।

प्रवक्ता गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ छ । यसमध्ये संस्थागत आइसोलेसनमा ९,६८९ र होम आइसोलेसनमा १० हजार ७०७ जना संक्रमित रहेका छन्।

२४ घण्टामा पीसीआर परीक्षणको संख्या १०हजार ८९१ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ७३१ रहेको छ । हालसम्म डिस्चार्ज हुने संक्रमित ५५ हजार ३७१ जना रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन्।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको ४९१ संख्या पुगेको छ । आईसीयूमा उपचाररत संक्रमितको संख्या २१३ र भेन्टिलेटरमा ३४ जना संक्रमित छन् ।

वि.सं.२०७७ असोज १३ मंगलवार १६:२८ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४०

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिति २०८१ साल बैशाख १२...

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:३२

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १०...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...