back
NMB ad

सहकारीमा दोहोरो सदस्यताले राज्य र सहकारी अभियानलाई के क्षति गर्यो ?

Kumari bank ad

बागलुङ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजनामा बैंकको प्रगति समिक्षा एवम् भावी कार्यदिशा : सभावना र चुनौती विषयक एक दिने प्रदेश नं. १ स्तरीय अन्तरक्रिया कार्यक्रम बुधवार सम्पन्न भएको छ ।

बैंक मार्फत सहकारी अभियानलाई थप प्रभावकारी र व्यवस्थित गराउन तथा बैंकका चालु आर्थिक वर्षका साथै आगामी वर्षका योजनाहरुको बारेमा जानकारी गराउनुका साथै सुझाव संकलन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ ।

कोरोना संक्रमणका कारण उत्पादन असहज परिस्थितिमा बैंकले कस्तो योजना बनाएर अगाडि बढ्दा समग्र सहकारी क्षेत्रको विकासमा सहयोग पुग्न सक्छ ?, सरोकारवाला निकायहरुसंग कसरी समन्वय गरेर अगाडि बढ्न सकिन्छ भन्ने विषयमा कार्यक्रममा छलफल भएको थियो ।

कार्यक्रमका सहभागीहरुले सहकारी क्षेत्रको एकमात्र बैंकलाई सहकारी संघ सस्थाको संस्थागत विकास र प्रवद्र्धनका लागि थप प्रभावकारी बनाउन सबैको सहयोग र समन्वय आवश्यक रहेको बताएका थिए ।

सहभागीहरुले सहकारीमा दोहोरो सदस्यताका विषयमा विवाद सिर्जना गरेर सहकारी क्षेत्रलाई कमजोर बनाउने खेल भइरहेको भन्दै सहकारी अभियानका अगुवाहरु सचेत बन्नु पर्नेमा जोड दिएका थिए । दोहोरो सदस्यताले राज्य र सहकारी अभियानलाई के घाटा प¥यो ? भन्दै ऐन संशोधनका लागि आग्रह गरेका थिए ।

सहकारी क्षेत्रमा अर्को बैंक आउने हल्ला सुनिएको भन्दै सहभागीहरुले अर्को बैंक ल्याउने भन्दा पनि यसैलाई थप व्यवस्थित, प्रभावकारी र सबै क्षेत्रमा पुग्न सक्ने बैंकका रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिएका थिए ।

कोरोना संक्रमणका कारण समस्यामा परेका सहकारीहरुलाई सहज रुपमा पुरानै अवस्थामा पु¥याउनका लागि सहकारी बैंक सहित अभियानको सहयोग र समन्वय आवश्यक रहेको उनीहरुको भनाई थियो ।

कार्यक्रममा जिल्ला सहकारी संघ इलामका अध्यक्ष विष्णुदेवी दाहाल, जिल्ला सहकारी सहकारी संघ ताप्लेजुङका अध्यक्ष तामन सिग्देल, जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेल, संघका सल्लाहकार रामचन्द्र गौतम, बहुउद्देश्यीय सहकारी संघ सुनसरीका अध्यक्ष केदार न्यौपाने, कृषि सहकारी संघ सुनसरीका अध्यक्ष कुशलचन्द्र विश्वास, कृषि सहकारी संघ मोरङका अध्यक्ष देवेन्द्र पौडेल, सन्तोष खतिवडा, महेन्द्र ढकाल, मेची सहकारी संस्था झापाका प्रमुख कार्यकारी अधिकृत खोम बगाले लगायतले आफ्नो सुझाव तथा धारणा राख्नु भएको थियो ।

कार्यक्रममा सहभागीहरुले उठाएका सवालहरुका बारेमा बैंकका अध्यक्ष के.बीं उप्रेती, निवर्तमान अध्यक्ष रमेशप्रसाद पोखरेल, लेखा समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेती, सञ्चालक अमृता सुब्बाले बैंकको नीति, सहकारी सम्बन्धी पछिल्लो अवस्था र बैंक सहित अभियानका तर्फबाट भैरहेका प्रयासहरुका बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा बैकको वर्तमान अवस्था, आगामी योजना लगायत वित्तीय व्यवस्थापनमा बैंकले गर्ने कार्यहरुका बारेमा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गरागाईले जानकारी गराउनु भएको थियो । कार्यक्रमको सञ्चालन बैंकका व्यवसाय प्रवर्धन विभाग प्रमुख मधु रायमाझीले गर्नु भएको थियो ।

वि.सं.२०७७ असोज १४ बुधवार १६:४३ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...