back
NMB ad

भर्खरै आयो यस्तो निर्णय : बजार पूर्णरुपमा बन्द गर्ने, पसल पनि नखुल्ने, के होला यातायात ?

Kumari bank ad

हुम्ला । कोरोना संक्रमणको जोखिम बढेपछि हुम्ला सदरमुकाम सिमकोटमा बजार तथा व्यवसाय अनिश्चित कालका लागि बन्द गरिएको छ।

 

 

उद्योग वाणिज्य संघको अगुवाइमा बुधबार बसेको सर्वपक्षीय बैठकले पसल, होटल र अन्य व्यवसाय बन्द गर्ने निर्णय गरेको हो । संक्रमण फैलिए नियन्त्रण गर्न गाह्रो हुने निष्कर्षसहित जोखिम नघट्दासम्मलाई बजार बन्द गर्ने निर्णय गरिएको संघका सचिव रविनकुमार बस्नेतले बताए ।

 

उनका अनुसार बिहीबार बिहानदेखि सदरमुकामका सबै पसल, होटल र व्यवसाय बन्द गरिएको छ । बैठकले नेपालगन्जबाट जहाजमार्फत ढुवानी हुने मासुजन्य सामग्री र तरकारी पनि रोक्ने निर्णय गरेको उनले जानकारी दिए ।

असोज ३ गते हुम्लामा पहिलोपल्ट कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण देखिएपछि सिमकोटमा आवजावतमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताए ।

उनका अनुसार स्थानीयलाई सुरक्षित तरिकाले घरमै बस्न आग्रह गरिएको छ । गोठीगाउँकी एक महिला र विद्युत्का दुई कर्मचारीमा कोरोना देखिएपछि उच्च सतर्कता अपनाइएको उनले जानकारी दिए । जिल्ला प्रशासनका अनुसार तीनै जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

वि.सं.२०७७ असोज १५ बिहीवार १२:२५ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...