back
NMB ad

यस्तो छ नेपाल इन्भेष्टमेन्ट बैंकले तोकेको नयाँ व्याजदर, कुनमा कति ?

Kumari bank ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले कर्जाको नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले शुक्रबारदेखि लागू हुने गरेर कर्जाको नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

हाल बैंकको बेसरेट ७.३३ प्रतिशत रहेको छ । बैंकले त्यसमा १ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम थपेर व्याजदर निर्धारण तोकेको हो ।

बैंकले ओभर ड्राफ्ट कर्जामा बेस रेटमा १ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा दिने बताएको छ ।

यस्तै, वर्किङ क्यापिटल, कन्ट्रयाक्ट लोन, सर्ट ट्रम लोन, ट्रम लोनमा पनि १ प्रतिशतदेखि ५ प्रतिशतसम्म नै प्रिमियम थपेर कर्जा दिने बैंकको भनाइ छ । यसैगरि अन्य प्रकारका कर्जामा पनि तोकिएको व्याजदरमा कर्जा प्रवाह गरिने बताइएको छ ।

यस्तै, बैंकले फिक्स लेडिङको पनि नयाँ व्याजदर निर्धारण गरेको छ । बैंकले एआईविएल इको लोन, एसएमई लोन लागतका कर्जामा एक बर्षका लागि ९.९९ प्रतिशत व्याज लिने बताएको छ ।

यस्तै, एक बर्ष कै अवधीका लागि ग्रोइङ इन्टरपराइजेज लोनमा ७.९९ प्रतिशत, अग्रीकल्चर लोनमा ९.९९ प्रतितशत, होम लोनमा ९.९९ प्रतिशत व्याजदरमा कर्जा दिइने बताइएको छ ।

होम लोनमा ७ बर्ष भन्दा बढी अवधीका लागि १०.५० प्रतिशत र १० बर्ष भन्दा बढी अवधीका लागि १२.५० प्रतिशत व्याजदर निर्धारण गरिएको छ ।

यस्तै, व्यक्तिगत हायर प्रर्चेच कर्जामा ७ बर्ष भन्दा बढी अवधीका लागि १०.७५ प्रतिशत व्याजदर निर्धारण गरिएको छ । यसैगरि अन्य रिटयल लोनमा ११ प्रतिशत देखि १३ प्रतिशतसम्म व्याजदर निर्धारण गरिएको बैंकको भनाइ छ ।

                 

वि.सं.२०७७ असोज १६ शुक्रवार १०:४९ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...