back
NMB ad

स्थानीय जातको कुखुरापालनमा आर्कषण

Kumari bank ad

काठमाडौं । पछिल्लो समय जिल्लामा स्थानीय जातको कुखुरापालन गर्ने कृषक बढेका छन् ।

 

यहाँका मुख्य बजारमा स्थानीय (लोकल) कुखुराको माग बढ्दै गएपछि कृषक व्यावसायिकरूपमै स्थानीय जातका कुखुरापालनमा आकर्षित हुन थालेका छन् ।

दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका सुरज विकले बजारमा स्थानीय कुखुराको माग देखेरै कुखुरापालनमा लागेको बताउनुभयो । उहाँले रु पाँच लाख लगानी गरी २०० चल्ला राखेर कुखुरापालन व्यवसाय शुरु गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बजारमा लोकल कुखुराको माग पनि बढेको छ, बोइलर कुखुराले बजारमा लोकल कुखुरा लोप हुन थालेकाले पनि मैले उक्त व्यवसाय शुरु गरेको छु ।”

जिल्लाका प्रमुख बजारमा स्थानीय जातको कुखुरा प्रतिकिलो रु ५५० मा फार्मबाटै जिउँदो बिक्री वितरण हुने गरेको शिखर नगरपालिका–२ का अर्का कुखुरा व्यवसायी डबलबहादुर साउदले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अन्य व्यवसायमा भन्दा स्थानीय जातको लोकल कुखुरापालन गर्दा राम्रो आयआर्जन गर्न सकिने भएकाले कुखुरा पालन व्यवसाय राम्रो छ ।” जिल्लामा निजी तथा सरकारी अनुदानको रकमबाट कम्तीमा पनि एक दजर्नभन्दा बढी स्थानीय जातका कुखुरापालनका लागि व्यावसायिक फार्महरु खुलेका छन् ।

बोइलर कुखुराका कारण जिल्लामा स्थानीय जातका कुखुरा लोप हुँदै जान थालेपछि यहाँको प्रदेश सरकार पशुपक्षी विकास विभागको सहयोगमा जिल्लामा कुखुरापालन व्यवसायीका लागि अनुदान दिन थालेपछि कुखुरा व्यवसायी बढ्न थालेका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारले युवा व्यवसायीलाई प्रोत्साहन गर्न भन्दै विभिन्न युवालक्षित कार्यक्रम, बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण ऋण र लगानीका कार्यक्रम ल्याए पनि कार्यान्वयन प्रक्रियामा भने झन्झट रहेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका अर्का कुखुरा व्यवसायी रमेश अवस्थीले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारले लोकल कुखुरापालनमा सहयोग त दिएको छ तर त्यसको कार्यान्वयन प्रक्रियामा भने झन्झटिलो छ ।” जिल्लामा साना–ठूला गरी कम्तीमा पनि १०० भन्दा धेरै स्थानमा व्यावसायिकरूपमै स्थानीय जातको कुखुरापालन गर्न निवेदन दर्ता भएको पशु सेवा स्वास्थ्य कार्यालयको तत्थ्याङ्कमा उल्लेख गरिएको छ ।

सदरमुकाम आसपास र राजमार्ग क्षेत्रमा पछिल्लो समय युवा उद्यमी स्थानीय जातको कुखुरापालन आकर्षित हुने क्रम बढ्दै गएको कार्यालयले जनाएको छ ।

राजमार्ग क्षेत्रमा स्थानीय जातका कुखुराको मासुका परिकार पाइने होटलको सङ्ख्या पनि बढिरहेको अत्तरिया–डडेल्धुरा जोड्ने भीमदत्त राजमार्गको गैराका स्थानीय ललित मल्लले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँका बजारमा लोकल कुखुराको मासुको माग बढेपछि व्यवसाय फष्टाएको छ ।” चिसो मौसम शुरु हुन शुरु भएकाले जिल्लाभरिमा लोकल कुखुराको माग दिनप्रतिदिन बढ्दै गएको कोआइसिंह गाउँपालिका–५ मा लोकल कुखुरापालन गर्दै आउनुभएकी माधवी चन्द शाहीले बताउनुभयो ।

मुख्य गरी प्रदेश सरकारले लोकल कुखुरापालनमा अनुदान दिन थालेपछि जिल्लाभरिमा व्यावसायिकरूपमा स्थानीय जातका कुखुरापालनतर्फ व्यवसायीको आकर्षण पनि बढ्दै गएको डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “युवा उद्यमीलाई लक्ष्य गरेर प्रदेश सरकारले लोकल कुखुरापालनका लागि ऋण अनुदान दिएपछि कुखुरा व्यवसायी बढेका हुन् ।” दिपायल सिलगढी र शिखर नगरपालिकाका साथै जोरायल, बडिकेदार, केआइसिंह, बोगटान फुड्सिल, आदर्श, सायल तथा पूर्वीचौकी गाउँपालिकाका विभिन्न स्थानमा व्यावसायिकरूपमै धमाधम लोकल कुखुरापालन व्यवासाय गर्न थालिएको छ ।

वि.सं.२०७७ असोज १६ शुक्रवार १३:३३ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...