काठमाडौं । लोकसेवा आयोगले नतिजा प्रकाशन सम्वन्धी सूचना निकालेको छ ।
आयोगले नेपाल बैंकको खुला तथा समावेशी तर्फको लिखित नतिजा प्रकाशन गरेको हो । आयोगले बैंकको वि.नं. ०७६-७७/२८ (खुला तथा समावेशी) (प्रदेश नं १), तृतीय तह, कनिष्ठ सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जनाएको छ ।
लिखित परीक्षामा सफल भएका उम्मेदवारहरुले प्रयोगात्मक परीक्षा, अन्तर्वार्ता र अन्य बाँकी कार्यक्रमका लागि सम्वन्धित निकायमा सम्पर्क राख्नका लागि आयोगको सुरक्षा निकाय तथा संगठित संस्था महाशाखा अनुरोध गरेको छ ।
को -को भए उत्तीर्ण ?
वि.सं.२०७७ असोज १७ शनिवार ०८:२२ मा प्रकाशित