back
NMB ad

राष्ट्रिय सहकारी बैंकले गण्डकी प्रदेशमा नमुना परियोजना सञ्चालन गर्ने

Kumari bank ad

बागलुङ  । राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजनामा बैंकको प्रगति समिक्षा एवम् भावी कार्यदिशा : सभावना र चुनौती विषयक एक दिने गण्डकी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम आइतवार सम्पन्न भएको छ ।

सहकारी बैंकले सदस्य संस्थाहरुका लागि सञ्चालन गरेका कार्यक्रम तथा योजनाहरुको जानकारी तथा समिक्षा गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा जिल्ला स्तरीय सहकारी संघका अध्यक्षहरु, विषयगत सहकारी संघका अध्यक्षहरु, बैंकका शाखा समन्वय उपसमितिका संयोजक तथा सदस्यहरु, गण्डकी प्रदेशबाट राष्ट्रिय सहकारी महासंघ, केन्द्रीय विषयगत सहकारी संघहरुमा प्रतिनिधित्व गर्ने सहकारी अगुवाहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागीहरुले सहकारी क्षेत्रमा देखिएका अन्यौलताहरुलाई सहजीकरण गरेर सहज रुपमा अगाडि बढ्ने वातावरण सिर्जना गर्नका लागि सरकार र अभियानको नेतृत्वदायी भूमिका आवश्यक रहेको बताएका थिए ।

सहकारी ऐनको कार्यान्वयनका सन्दर्भमा मुख्य कारोबार, दोहोरो सदस्यता, साधारणसभा, ब्याजदर लगायतका विषयमा सहकारीकर्मीहरुमा अन्यौलता देखिएको र त्यसको व्यवस्थापनमा सहकारी अभियान र विभागले समन्वय गर्नु पर्नमा सहभागीहरुको जोड थियो ।

सहकारी क्षेत्रलाई कमजोर बनाउन विभिन्न तरिकाले सहकारी अभियानबीच फाटो ल्याउने, अनावश्यक प्रतिस्पर्धा गर्ने जस्ता क्रियाकलापले सहकारी क्षेत्रले राम्रो प्रतिफल दिन नसक्ने भएकाले एकीकृत भावना र योजनाका साथ अगाडि बढ्नु पर्ने सहकारीहरुको भनाइ थियो ।

कार्यक्रममा सहभागीहरुले उठाएका सवाल तथा जिज्ञासाहरुकालाई सम्बोधन गर्दै बैंकका अध्यक्ष के.बीं उप्रेतीले सहकारी बैंकमार्फत सहकारी क्षेत्रको समग्र विकास र प्रवद्र्धनमा के गर्न सकिन्छ ? समन्वय र सहकार्यमा बैंक तत्पर रहेको बताउनुभयो ।

सहकारी बैंक अहिले जुन अवस्थामा आएको छ, देशभरका सहकारीहरुको योगदान र सहकार्यबाट नै आएको हो, अध्यक्ष उप्रेतीले भन्नुभयो आगामी दिनमा थप व्यवस्थित र प्रभावकारी बनाउन सुझाव र समन्वय आवश्यक छ ।

सहकारी बैंकले एउटा प्रदेशमा नमुना परियोजना सञ्चालन गर्ने योजना अन्तर्गत पहिलो पटक गण्डकी प्रदेश सरकारसंगको सहकार्यमा प्रदेश स्तरीय नमुना परियोजना अगाडि बढाउन लागेको जानकारी गराउदै सहकारी अभियानका तर्फबाट के गर्न सकिन्छ ? सुझाव र समन्वय गर्न आव्हान गर्नु भयो ।

उत्पादन, प्रशोधन र बजारीकरणका क्षेत्रमा काम गर्ने गरी सञ्चालन गर्न लागिएको परियोजना सहकारी संघ संस्थाहरु मार्फत नै गरिने भएकाले योजना बनाउन आग्रह गर्नु भयो ।

त्यस्तै प्रत्येक प्रदेशमा एउटा पालिकामा गरिवी निवारणका नमुना परियोजना सञ्चालन गर्न लागिएको उहाँको भनाइ थियो । गरिव घर पहिचान गरी सबै भन्दा बढी गरिव घर परिवार भएको एउटा प्रदेशको एउटा पालिकामा कार्यक्रम अगाडि बढाउने बैंकले तयारी गरेको छ ।

देशभरका सहकारी संघहरु मध्ये पहिचो चरणमा १० वटा संघहरुको संस्थागत विकासमा बैंकले सहयोग गर्ने कार्यक्रम अगाडि बढाएको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो ।

अन्तरक्रिया कार्यक्रममा नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघका उपाध्यक्ष तथा संघीय सांसद मन कुमारी केसी जिसी, राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जि.सी. (अञ्जु), नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का सञ्चालक कमलादेवी गिरी, नेफ्स्कुनका निवर्तमान सञ्चालक भीम गुरुङ, जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारी, गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय पोखराका अधिकृत सागर खनाल, जिल्ला वचत तथा ऋण सहकारी संघ कास्कीका अध्यक्ष भेषराज बराल, सहकारीकर्मीहरु केदार न्यौपाने, होमनाथ जैसी, अशोकगोविन्द राजभण्डारी, ताराप्रसाद भुषाल लगायतले सुझाव तथा जिज्ञासा राख्नु भएको थियो ।
बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले गण्डकी प्रदेशमा बैंंकका शाखाहरु मार्फत भएका काम र आगामी योजना तथा कार्यक्रमहरुका बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा बैकको वर्तमान अवस्था, आगामी योजना लगायत वित्तीय व्यवस्थापनमा बैंकले गर्ने कार्यहरुका बारेमा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गरागाईले जानकारी गराउनु भएको थियो । कार्यक्रमको सञ्चालन बैंकका व्यवसाय प्रवद्र्धन विभाग प्रमुख मधु रायमाझीले गर्नु भएको थियो ।

वि.सं.२०७७ असोज १८ आइतवार १५:२९ मा प्रकाशित

You can share this post!

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई निर्देशन   

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई निर्देशन   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:२८

काठमाडौँ, २५ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा...

एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकियो

एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकियो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:१५

चौतारा (सिन्धुपाल्चोक), २५ वैशाख : सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीयले माग...

कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान   

कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १३:३८

नवलपुर (नवलपरासी), २५ वैशाख : विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत...

विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने तयारीमा सरकार   

विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने तयारीमा सरकार   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १३:३३

काठमाडौँ, २५ वैशाखः सरकारले विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने प्रक्रिया...

सिटिजन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का, यस्तो छ कारण

सिटिजन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का, यस्तो छ कारण

वि.सं.२०८१ वैशाख २५ मंगलवार १३:१२

काठमाडौं । नेप्सेले सिटिजन्स लाइफ इन्स्योरेन्सको दोस्रो बजारको शेयर कारोबार...

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १२:१६

खजुरा (बाँके), २५ वैशाख : अत्यधिक गर्मी र तातो हावा...