back
NMB ad

संसद भवन निर्माणले लियो गति, दुई वर्षमा सक्ने लक्ष्य

Kumari bank ad

काठमाडौं । सिंहदरबारभित्रको पुतली बगैचामा प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते शिलान्यास गरेको राष्ट्रिय सभा तथा संघीय संसद् भवनको निर्माण कार्य धमाधम भैरहेको छ ।

विशेष भवन निर्माण आयोजनाका प्रमुख दिलिप भण्डारीका अनुसार भवन निर्माणको काम १० प्रतिशत सम्पन्न भएको हो । उनले कोभिडका कारणले निर्माण सामाग्रीको सहज उपलब्धता हुन नसक्दा सोचेको जस्तो प्रगति हात पार्न नसकेको बताए ।

तीन बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो भवननको निर्माणमा त्यस्तो समस्या नआएमा तोकिएकै समयमा सम्पन्न हुने उनले बताए ।

विशेष भवन निर्माण आयोजनाका प्रमुख भण्डारीका अनुसार उक्त भवन निर्माणको लागत सात अर्ब ७३ करोड ५२ लाख चार हजार रुपैयाँ अनुमान गरिएको छ । तर निर्माण कम्पनी टुण्डी सेक ज्वाइन्ट भेन्चरले पाँच अर्ब ६७ करोड २७ लाख ६१ हजारमा निर्माण कबुलेर निर्माणको काम गरिरहेको छ ।

निर्माण सुरु गरेको तीन बर्षमा वर्षमा भवन तयार हुने मन्त्रालयको भनाइ छ । मन्त्रालयले तयार पारेको डिजाइन अनुसार तोकिएकै समयमा संसद भवन निर्माण भए अहिलेकै संसदका साथै आगामी निर्वाचन भएर बन्ने अर्को प्रतिनिधि तथा राष्ट्रिय सभाका लागि भाडामा खर्च गर्नुपर्ने रकम जोगाउने गरि निर्माणको कार्य भैरहेको उनको भनाई छ ।

सिंहदरबार भित्रै भएको प्रतिनिधिसभा भवन पुरानो र सानो भएपछि लामो समयदेखि संसद बैठक बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडामा बस्दै आइरहेको छ । २०६४ साल चैतमा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनदेखि नै संसद बैठक सम्मेलन केन्द्रमा सञ्चालन गरिएको छ ।

प्रतिनिधि सभाको ग्राउण्ड फ्र्लोरको काम भैरहेको भण्डारीले बताए । राष्ट्रियसभाको भवनको ग्राउण्ड फ्र्लोरको काम भईरहेको छ । संसदीय समितिको भवन र सचिवालयको भवनका ढलान कार्य भैरहेको भण्डारीले जानकारी दिए ।

संसदीय दलका कार्यालयहरु, सेक्युरिटीको भवनको काम तत्कालै सुरु गरिने उनले बताए । अर्को निर्वाचनवाट विजयी हुने सांसदहरु भवनमै सार्ने तरिकाले काम भैरहेको उनको भनाई छ । निर्माण कम्पनीले छिटोभन्दा छिटो काम सम्पन्न गर्ने गरि काम गरिरहेको छ ।

कोभिडको समयमा कामदार र निर्माण सामाग्री समेत रोकिएपछि समस्या भयो तर सामान रोकिएन र नियमित रुपमा काम भयो भने तोकिएको समयमा काम सकिने उनको भनाई रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

वि.सं.२०७७ असोज १९ सोमवार ०७:३८ मा प्रकाशित

You can share this post!

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:५७

काठमाडौँ, ३० वैशाख : सरकारले सभामुख देवराज घिमिरे सहित संसदमा...

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:४२

काठमाडौँ, ३० वैशाख : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ऊर्जा...

आफ्नै नाममा रहेको कीर्तिमान तोड्दै २९औँ पटक सगरमाथाको चुचुरोमा कामिरिता शेर्पा  

आफ्नै नाममा रहेको कीर्तिमान तोड्दै २९औँ पटक सगरमाथाको चुचुरोमा कामिरिता शेर्पा  

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:२७

काठमाडौँ, ३० वैशाख : आरोही कामिरिता शेर्पाले आज बिहान २९औँ...

काठमाडौँ उपत्यकाका उद्योग अन्यत्र सार्नुपर्छः मन्त्री भण्डारी   

काठमाडौँ उपत्यकाका उद्योग अन्यत्र सार्नुपर्छः मन्त्री भण्डारी   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:०३

काठमाडौँ, ३० वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले काठमाडौँ...

वर्षासँगै काठमाडौँको प्रदूषण कम हुँदै   

वर्षासँगै काठमाडौँको प्रदूषण कम हुँदै   

वि.सं.२०८१ वैशाख ३० आइतवार १६:१४

काठमाडौँ, ३० वैशाख : काठमाडौँ उपत्यका वायु प्रदूषणको हिसाबले आज...

सेयर बजार ८ अंकले बढ्दा, एक कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजार ८ अंकले बढ्दा, एक कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख ३० आइतवार १५:१३

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...