back
NMB ad

मत्स्य पर्यटन प्रवर्द्धनको सम्भाव्यता अध्ययन

Kumari bank ad

जनकपुरधाम । धनुषा जिल्लाको कमला नगरपालिका र जनकनन्दनी गाउँपालिकामा कमला नदीबाट उकासिएको जग्गामा मत्स्य पर्यटन केन्द्र प्रवर्द्धन गर्न सम्भाव्यता अध्ययन गरिएको छ ।

कृषि तथा पशुपंक्षी मन्त्रालयका मत्स्य पालन विज्ञ टोलीद्वारा उक्त जग्गामा पोखरी खनेर माछा पालन गरी पर्यटन केन्द्र प्रवर्द्धनका लागि सम्भाव्यता अध्ययन गरिएको हो । कमला नदीको कटानबाट किसानका १४ हजार विघा उपजाउ जग्गा प्रभावित रहेको छ ।

कमलाको वडा नं ४, ५ ,६ , ७ , ८ , ९ र जनकनन्दनीको वडा नं १ र ६ मा उकासिएको जग्गामा सहकारीका माध्यमबाट मत्स्यपालन गरी पर्यटन केन्द्र प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ ।

करिब ४ फिटसम्म बालुवा पुरिएको , खाल्डाखुल्डी भएको सो जग्गामा पूर्वमन्त्री रामचन्द्र झा र कमला नगरपालिकाका प्रमुख राम उद्गार गोइतको सक्रियतामा पोखरी खनेर माछा पालन योजनामा सहकार्यका लागि किसानलाई उत्प्रेरित गरिएको छ ।

पूर्वमन्त्री झाका अनुसार जनकनन्दनी गाउँपालिकाको मल्हनियाँदेखि कमलाको टेडामोडसम्मको करिब १० किलोमिटर लामो र सरदर १ किलोमिटर चौडाइ भएको जग्गामा पोखरी खनेर मत्स्य पर्यटन केन्द प्रवर्द्धनका लागि किसानलाई उत्प्रेरित गरिएको छ ।

जग्गा स्थलगत निरीक्षण गर्नुभएका मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्र बालाजुका प्रमुख मत्स्य विकास अधिकृत प्रमोदकुमार रिजाल, मत्स्य मानव संसाधन तथा प्रविधि परीक्षण केन्द्र जनकपुरधामका वरिष्ठ मत्स्य विकास अधिकृत रविलाल शर्मा , प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यान्वयन इकाइ जनकपुरधामका प्रमुख वरिष्ठ मत्स्य विकास अधिकृत युगलकिशोर तिवारी, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय जनकपुरधामका निर्देशक जागेश्वर यादव र मत्स्य विकास अधिकृत सुभाषकुमार झासहितका टोलीले उकासिएको जग्गामा पोखरी खनेर माछापालनको सम्भाव्यतालाई मूर्त रूप दिन किसानसँग छलफलसमेत गरेको छ ।

निर्देशक यादले कमलाको भङ्गालोमा मत्स्यपालनका लागि उपयुक्त भएको बताए। पहिलो चरणमा अध्ययन गरी प्रतिवेदन दिए लगतै योजनालाई मूर्त रूप दिने बताइएको छ ।

नगरप्रमुख गोइतले जग्गाधनीको लालपूर्जा अनुसार सहकारीको माध्यमबाट आम्दानीको बाँडफाँड गरिने आधारमा जग्गाधनीकै स्वामित्व रहने गरी योजनालाई मूर्त रूप दिइने अवधारणा राखिएको जानकारी दिए ।

वि.सं.२०७७ असोज १९ सोमवार १०:१४ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...